• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

अन्ततः मन्त्रिपरिषद् पुनर्गठन, उपेन्द्र यादव कानुनमन्त्री [सूचीसहित]

तत्कालीन माओवादी खेमाका मन्त्रीहरूको जिम्मेवारी यथावत्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा मन्त्रीहरूको सूची पठाएका छन् ।

प्रधानमन्त्रीले पठाएको नयाँ सूचीमा ईश्वर पोखरेल, रामबहादुर थापा बादल, प्रदीप ज्ञवाली, वर्षमान पुन, गोकुल बास्कोटा र योगेश भट्टराईको जिम्मेवारी परिवर्तन गरिएको छैन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नयाँ मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाइएको छ । नवनियुक्त मन्त्रीहरूको शपथग्रहण कार्यक्रम बिहीबार हुने बताइएको छ । 

पूर्वमाओवादी खेमाका मन्त्रीहरूको जिम्मेवारी यथावत्

मन्त्रिमण्डल पुनर्गठन हुँदा तत्कालीन माओवादीबाट मन्त्री बनेका उद्योगमन्त्री मातृका यादव र कृषिमन्त्री चक्रपाणि खनाल बलदेवलाई बिदा दिइँदै गर्दा  तत्कालीन माओवादीबाट मन्त्री बनेका मन्त्रिमण्डलका अन्य सदस्यहरूको जिम्मेवारी भने यथावत् रहने भएको छ । अहिले पूर्वमाओवादीबाट गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री वीना मगर र शिक्षामन्त्री गिरिराजमणि पोखरेल छन् ।

 

 

यस्तो छ नयाँ मन्त्रिमण्डलको सूची

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर