• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

असम सरकारको घोषणाः १० पास बेहुलीलाई १० ग्राम सुन उपहार

गुवाहाटी । भारतको पूर्वोत्तर राज्य असम सरकारले राज्यका सबै युवतीलाई बिहेमा सुन दिने घोषणा गरेको छ । राज्य सरकारको ‘अरुन्धती स्वर्ण योजना’ अनुसार बेहुलीलाई १० ग्राम सुन दिने भएको हो । यो योजनामा सरकारले हरेक वर्ष लगभग आठ अर्ब भारतीय रुपैयाँ खर्च गर्ने भएको छ । यो योजनाको सुरुवात आगामी १ जनवरीबाट हुनेछ । 

असम सरकारले गरेको घोषणाअनुसार सरकारले प्रत्येक बेहुली जसको उमेर १८ वर्ष पुगेको छ, जसले कम्तीमा १० कक्षा उत्तीर्ण गरेकी छन् र आफ्नो बिहे दर्ता गराएकी छन्, उनलाई १० ग्राम सुन उपहारका रुपमा दिने भएको हो । यो योजनाको फाइदा लिनका लागि बेहुलीको परिवारको वार्षिक आम्दानी पाँच लाख भारतीय रुपैयाँभन्दा कम हुनुपर्नेछ । 

असमका वित्तमन्त्री हेमन्त विश्व शर्माका अनुसार असमा हरके वर्ष लगभग तीन लाख बिहे हुने गर्छ । तर, ५० हजारदेखि ६० हजार बिहे मात्र दर्ता हुने गरेको छ । मान्छेहरूलाई बिहे दर्ता गराउन जागरुक बनाउन पनि यो योजनाले सहयोग गर्ने सरकारको अपेक्षा छ । 

वित्तमन्त्रीका अनुसार यो योजनाको उद्देश्य किशोरीहरूलाई शिक्षाप्रति जागरुक बनाउनु पनि हो । यसका अतिरिक्त यो योजनाले बालविवाह रोक्न पनि सहयोग पुग्ने सरकारको अपेक्षा छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर