बाह्य व्यापारमा सुधार, रेमिट्यान्य घट्यो

काठमाडौं । नेपालको बाह्य व्यापार सुधारको क्रममा देखिएको छ । चालु बर्षको पहिलो त्रैमास (साउनदेखि असोजसम्म) नेपालको निर्यातमा वृद्धि भएर गएको छ भने आयातमा कमी आएको देखिन्छ । 

राष्ट्र बैंकले सार्वजानिक गरेको तीन महिनाको प्रतिवेदन अनुसार निर्यात १४.४ प्रतिशतले बढेको छ  भने आयात १० दशमलव ३ प्रतिशतले घटेको छ । तीन महिनाको अवधिमा २७ अर्ब १७ करोडको निर्यात भएको छ । त्यस्तै यो अवधिमा नेपालमा ३३४ अर्ब ९५ करोड रुपैयाँको समान आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४३.६ प्रतिशतले बढेको थियो ।

निर्यात वृद्धि र आयातमा आएको कमीले व्यापार घाटा समेत कम भएको छ । यो अवधिमा व्यापार घाटा १२ प्रतिशतले घटेर आएर ३०७ अर्ब ७८ करोडमा झरेको छ । 

त्यस्तै समीक्षा अवधिमा शोधनान्तर १४ अर्ब ४३ करोड रुपैयाँ  बचत छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३५ अर्ब ४२ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको तीन महिनासम्ममा ३१ करोड ६२ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १२ करोड ७८ लाखले बचतमा रहेको छ । 

त्यस्तै यो अवधिमा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा पनि कमी आएको छ । समिक्षा अवधिमा रेमिट्यान्य आयात ४.९ प्रतिशतले कमी आई रु.२३० अर्ब २४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३७.३ प्रतिशतले बढेको थियो । 

त्यस्तै अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४.६ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २४.५ प्रतिशतले बढेको थियो ।

त्यसैगरी यो अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा पनि ३.७ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३४.८ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ०.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.७ प्रतिशतले घटेको थिय 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर