श्रीलंका : प्रधानमन्त्रीका रूपमा महिन्दा राजापाक्षले लिए सपथ ग्रहण
कोलम्बो । श्रीलंकाको प्रधानमन्त्रीका रूपमा महिन्दा राजापाक्षले बिहीबार शपथग्रहण गरेका छन् ।
परिवर्तित राजनीतिक सन्दर्भमा देशको नेतृत्वका लागि मार्ग प्रशस्त गर्दै निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले बुधबार राजीनामा दिएका थिए । बुधबार नै नवनिर्वाचित राष्ट्रपति गोतावाय राजापाक्षले भूतपूर्व राष्ट्रपतिसमेत भइसकेका आफ्नै दाजुलाई प्रधानमन्त्रीका लागि बुधबार नै सिफारिस गरेका थिए ।
श्रीलंकाको इतिहासमा दाजुभाइ नै देशको राष्ट्रपति र प्रधानमन्त्री बनेको यो पहिलो घटना हो । नवनियुक्त प्रधानमन्त्रीले सन् २००५ देखि सन् २०१५ सम्म श्रीलंकाको शक्तिशाली राष्ट्रपतिका रूपमा काम गरेका थिए । उनकै नेतृत्वमा श्रीलंकामा तीन दशक लामो गृहयुद्ध अन्त्य भएको थियो ।
प्रधानमन्त्रीको समर्थन रहेका सजित प्रेमादासाले राष्ट्रपतिका उम्मेदवारको निर्वाचनमा पराजयको केही दिनपछि विक्रमासिङ्घेले राजीनामा दिएपछि नयाँ सरकारको गठन भएको हो ।
गत शनिबार सम्पन्न निर्वाचनमा राजापाक्षले ६० लाखभन्दा बढी मत ल्याई राष्ट्रपतिमा निर्वाचित भएका थिए भने उनका प्रतिस्पर्धी प्रेमादासाले करिब १५ लाख मत कम प्राप्त गरेका थिए ।
राजापाक्षको नेतृत्वमा सानो कामचलाउ मन्त्रीमण्डलको गठन हुन लागेको पनि स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । नयाँ मन्त्रीमण्डलमा राजापाक्षलाई निर्वाचनमा सघाएका केही नयाँ अनुहार आउने अनुमान गरिएको छ । एएनआई
प्रतिकृया दिनुहोस