• बिहीबार ८-२६-२०७६/Thursday 12-12-2019/ 12:36 pm

श्रीलङ्काका १६ सदस्यीय अन्तरिम मन्त्रीमण्डलको घोषणा

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले शुक्रबार १६–सदस्यीय मन्त्रीमण्डलको घोषणा गरेका छन् ।

नयाँ मन्त्रीमण्डलले सन् २०२० को मार्चमा हुने निर्वाचनसम्म काम गर्नेगरी जिम्मेवारी तोकिएको छ । सरकारमा भूतपूर्व राष्ट्रपतिसमेत रहेका आफ्नै दाजु महिन्दा राजापाक्षले प्रधानमन्त्रीका रूपमा बिहीबार पद तथा गोपनियताको सपथ थिएका थिए । राष्ट्रपतिका अर्का भाइ चमाल राजापाक्षलाई कृषि, सिँचाई, आन्तरिक व्यापार तथा उपभोक्ता हित मन्त्री बनाइएको छ । 

प्रधानमन्त्री महिन्दा राजापाक्षले वित्त, आर्थिकमामिला, आवास, शहरी विकास, खानेपानी आपूर्ति र बुद्धधर्मसम्बन्धि काम गर्नेछन् । प्रधानमन्त्री राजापाक्षले सन् २००६ देखि २०१५ सम्म शक्तिशाली राष्ट्रपतिकारूपमा श्रीलङ्कालाई नेतृत्व प्रदान गरेका थिए ।

निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आफ्नो पक्षका राष्ट्रपतिका उम्मेदवार सजित प्रेमादासाको पराजयसँगै पदबाट राजिनामा दिएपछि अन्तरिम सरकार गठन गरिएको हो ।

मन्त्रीमण्डलका अन्य सदस्यमा निमाल सिरिपाला, अरूमुगम थोन्दामन, डग्लास देभानन्द, पवित्रादेवी वान्नीआराच्ची, बन्दुला गुणवार्दने, जानका बन्दारा तेन्नाकुन, डल्लास अलाहाप्पेरूमा, विमल विरावान्सा, महिन्दा अमराविरा, एस एम चन्द्रसेना, रमेश पाथिराना र प्रसन्न रणतुङ्गा रहेका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

असममा नागरिकता संशोधन बिलको तीव्र विरोध, ठाउँठाउँमा आगजीन, जनजीवन प्रभावित

  • २६ मङ्सिर, २०७६

गुवाहाटी । भारतको पूर्वोत्तर राज्य असममा नागरिककता संशोधन बिलको विरोध जारी छ । बिहीबार बिहानदेखि मान्छेहरूले बिलको विरोध गर्दै प्रशासनले जारीको

बेलायतमा आज आमनिर्वाचन हुँदै

  • २६ मङ्सिर, २०७६

एजेन्सी । बेलायतमा बिहीबार आमचुनाव अन्तर्गत मतदान हुँदैछ । नेपाली समय अनुसार दिउँसो पौने १ बजेदेखि मतदान सुरु हुनेछ । बेलायतमा पाँच वर्ष भन्दा कम

रोहिंग्या आमहत्या आरोपमा हेगकाे कठघरामा उभिइन् सुकी

  • २६ मङ्सिर, २०७६

एजेन्सी । म्यानमारमा प्रजातन्त्रका लागि लामो संघर्ष गरेकी नेतृ आङ सान सुकीले रोहिंग्या मुस्लिम माथि आमहत्या मच्चाएको आरोपमा हेगस्थित अदालतमा