• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

उनको यादमा

धेरै भएछ प्रेमका कविता नकोरेको
उनको यादमा 

झरीमा उनका केशबाट तपतप झरेको पानी
जसरी पग्लिँदा मैनको थोपाथोपा झर्छ
जसरी झर्छ निधारबाट पसिना
जसरी झर्छ मोतिदानाझैँ शीतको थोपा
उनको प्रेममा, उनको यादमा उसरी नै 
झर्छ एक–एक सम्झना र पोखिन्छ
साँझमा जुन पोखिएजस्तै
वा भनौँ बिहानमा घाम पोखिएजस्तै आँगनमा ।

कस्तो तरंग हो 
मायाको तालमा उठ्छ
र त्यसैले खियाउँदै लान्छ मझधारमा
माझीविहीन हुन्छ यो मन– कहाँकहाँ पुग्छ
घरि फूलहरूको पराग बटुल्छ र आफैंभित्र मह बनाउँछ
घरि सागरमा डुबुल्की मार्छ 
घरि  माछापुच्छ्रेमा यादको भारी बोकेर चढ्छ
घरि सूर्यको प्रकाशझैं बेगले कुद्छ
घरि लहराझैं चढ्दै जान्छ माथिमाथि ।

धेरै भएछ प्रेमका कविता नकोरेको
उनको यादमा ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर