• बुधबार ८-२५-२०७६/Wednesday 12-11-2019/ 05:49 am

नेकपाले सबै चुनावी प्रतिबद्धता पूरा गर्छ : मन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गत चुनावमा गरेको सबै प्रतिबद्धता पूरा गर्ने बताएका छन् । तनहुँको ऋषिङ गाउँपालिका–१ गैह्राखुदीमा निर्माण सम्पन्न भएको डाँडाखुदी गैह्राखुदी लिफ्ट खानेपानी आयोजनाको आज उद्घाटन गर्दै मन्त्री गुरुङले चुनावमा गरिएका सबै प्रतिबद्धता पाँच वर्षभित्र पूरा गरिने प्रतिबद्धता व्यक्त गरे ।

“पूरा गर्न सक्ने कामहरुलाई नै घोषणापत्रमा राखेका थियौ ।”, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का स्थायी कमिटी सदस्यसमेत रहनुभएका गुरुङले भने ।

मुलुकलाई समृद्ध बनाउनका लागि प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणका कामलाई जोड दिएको बताउँदै मन्त्री गुरुङले भने, “विकास निर्माणको सन्दर्भमा प्रदेश सरकार क्रियाशील छ, जनता पनि उत्पादनसँग जोडिनुपर्छ । उत्पादनसँग जोडिए समृद्धि सम्भव छ ।”

निर्माण सम्पन्न भएको खानेपानी आयोजना उपभोक्तालाई हस्तान्तरण भइसकेकोले आयोजनाको दिगोपनाको जिम्मेवारी अब उपभोक्ताको रहेको मन्त्री गुरुङले बताए ।

ऋषिङ गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापाले खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि यहाँका महिलाहरुलाई सहज भएको बताए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद तिमिल्सिनाले रु ७३ लाख ७२ हजार ७२९ को लागतमा आयोजना सम्पन्न भएको जानकारी दिए । तिमिल्सिनाका अनुसार आयोजनामा सरकारको तर्फबाट रु ५९ लाख ९२ हजार ४६६ लगानी भएको छ भने स्थानीय उपभोक्ताले रु १३ लाख ८० हजार २६२ लागत सहभागिता व्यहोरेका छन् ।

आयोजनाबाट उक्त ठाउँका ७७ घरधुरी, एक विद्यालय र एक संस्थामा धारा जडान गरिएको छ । आयोजनाबाट ५७६ जना लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष दीपक रानाले जानकारी दिए ।

पाँच वटा कार्यविधि पारित
तनहुँको शुक्लागण्डकी नगरपालिकाको ६०औँ कार्यपालिका बैठकले पाँच वटा कार्यविधि माथि छलफल गरी पारित गरेको छ । बैठकले नगरको जग्गा विकाससम्बन्धी कार्यविधि निर्माणका लागि वडा नं २ का वडाध्यक्ष जगतबहादुर गुरुङको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ । 

समितिको सदस्यहरुमा वडा नं १ का वडाध्यक्ष रवीचन्द्र पौडेल, १२ का वडाध्यक्ष मनराज गुरुङ, नगर प्रवक्ता खिमबहादुर कुमाल, १० का वडाध्यक्ष रामचन्द्र भण्डारी, र ५ का वडाध्यक्ष दीर्घबहादुर थापालाई चयन गरेको छ भने सदस्य सचिवमा नगरपालिकाका सूचना अधिकृत लक्ष्मण लम्साल रहेका छन् ।

समितिले नगरभित्र एकीकृत बस्ती निमार्णका लागि नमिलेका जग्गालाई व्यवस्थित गर्न अध्ययन गर्ने बताइएको छ । त्यस्तै बैठकले ढोरबाराही क्षेत्र संरक्षण समिति गठन आदेश निर्देशिका २०७६ पारित गरेको छ । उक्त निर्देशिका अनुसार ढोरबाराही मन्दिर व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि बढाइने प्रवक्ता कुमालले जानकारी दिए ।

त्यसैगरी शुक्लागण्डकी नगरपालिकाले तालीम, गोष्ठी, कार्यशाला तथा अध्ययन अवलोकन भ्रमण खर्चसम्बन्धी निर्देशिका २०७६, लेखा समितिको कार्यविधि २०७६, उर्जा विकास कार्यविधि निर्देशिका २०७६ र कृषक समूह गठज तथा व्यवस्थापन निर्देशिका २०७६ माथि छलफल गरी पारित गरिएको प्रवक्ता कुमालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

न्यायपालिकालाई स्वतन्त्र हुन दिनुपर्नेमा प्रधानन्यायाधीशको जोड

  • २४ मङ्सिर, २०७६

बुटवल । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायपालिकालाई स्वतन्त्र हुन दिनुपर्नेमा जोड दिएका छन । उनले आफू नेपाल बार एशोसिएसनको भावना विपरित

गैंडा पार्कको शिलान्यास

  • २४ मङ्सिर, २०७६

चितवन । विश्वमा नै दुर्लभ मानिने एक सिगे गैडा संरक्षण गर्नका लागि चितवनको मेघौलीमा मेघौली गैंडा उद्यान (राइनो पार्क) को आज शिलान्यास गरिएको छ

प्रयाप्त विद्युत उत्पादन भएपछि सौर्य उर्जामा खर्च नगर्ने महानगरको निर्णय

  • २४ मङ्सिर, २०७६

विराटनगर । विराटनगर महानगरपालिकाले यो वर्षदेखि वैकल्पिक उर्जा अन्तरगत सौर्य बत्तिमा लगानी नगर्ने भएको छ । चालु आर्थिक वर्ष २०७६÷७७ मा