• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

साउदी अरबको तेल उत्पादन किन रहस्यमय छ ?

काठमाडौं । १९औँ शताब्दीको मध्यमा तेल उद्योगको जब उत्खनन भयो तबदेखि विश्वको ऊर्जा स्रोतको केन्द्र नै तेल बनेको छ । 

तेलका कारण युद्ध पनि भयो र यसको आपूर्तिमा नियन्त्रणका लागि विश्वका शक्तिशाली देशहरूमा अहिले पनि लडाइँ हुन्छ । आधुनिक समयमा तेल खाली ऊर्जाको स्रोत मात्रै नभएर तमाम युद्ध र लडाईंको पनि स्रोत हो । 

मध्यपूर्वीका देशहरू– साउदी अरब, इरान, इराक, कुवेत र संयुक्त अरब इमिरेट्स (युएई)मा सबैभन्दा ठूलो तेल भण्डार छ । यी तेल भण्डारहरू १९औँ शताब्दीको मध्यमा नै भेटिएका थिए, तर अहिले पनि यहाँ तेल भेटिने सम्भावना समाप्त भएको छैन । 

हालै पाकिस्तानले कराचीको तटवर्ती क्षेत्रमा तेल र ग्यासको भण्डार खोजीमा करोडौँ डलर खर्च गरेर खन्न सुरु गरेको थियो, तर यसबाट निराशा मात्र हात लागेको थियो । 

तर, पछिल्लो केही साताअघि इरानका लागि विशेष रह्यो । इरानका राष्ट्रपति हसन रुहानीले देशको दक्षिण–पश्चिमी प्रान्तमा तेलको एक विशाल भण्डार भेटिएको घोषणा गरे । एक अनुमानअनुसार यो तेल भण्डार ५३ अर्ब ब्यारेलको छ । चौतर्फी आर्थिक प्रतिबन्ध झेलिरहेको इरानका लागि यो सुखद खबर हो । 

यो तेल भेटिएको क्षेत्र दक्षिण–पश्चिमी इरानको २४ सय वर्ग किमी क्षेत्रफममा फैलिएको छ । इरानका राष्ट्रपतिका अनुसार यो क्षेत्र इरानको खुजेस्तान प्रान्तमा रहेको छ । ६५ अर्ब ब्यारेलको इरानको अहवाज तेल क्षेत्रपछि यो दोस्रो ठूलो तेल क्षेत्र हुनेछ । 

अहिले इरानसँग कुल प्रमाणिक तेल भण्डार १५५.६ अर्ब ब्यारेल छ । नयाँ खोजीपछि इरानको कुल तेल भण्डारमा ३४ प्रतिशतको नाफा भएको छ । अमेरिकी इन्फर्मेसन एनर्जी एडमिनिस्ट्रेसनका अनुसार इरान विश्वको चौथो सबैभन्दा ठूलो तेल भण्डार भएको देश हो र विश्वको दोस्रो ठूलो ग्यास भण्डार भएको देश हो । 

विश्वभरमा कुल कच्चा तेलको ४० प्रतिशत उत्पादन पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन ‘ओपेक’ले गर्छ । ओपेक र अमेरिकी एनर्जी इन्फर्मेसन एडनिस्ट्रिेसनको डाटाअनुसार विश्वभरको कुल प्रमाणिक तेल भण्डारको ८२ प्रतिशत तेल यी देशहरूसँग छन् । 

ओपेकमा कुल १४ वटा देश आबद्ध छन्– अल्जेरिया, अंगोला, कंगो, इक्वेडर, इक्वाटोरियल गेना, गबोन, इरान, इराक, कुवेत, लिबिया, नाइजेरिया, साउदी अरब, युएई र भेनेजुएला । यी देशहरूसँग कच्चा तेलको सबैभन्दा ठूलो भण्डार छ । 

इरान, इराक, कुवेत, साउदी अरब र भेनेजुएला ओपेकका संस्थापक देशहरू हुन् । कतार र इन्डोनेसिया आफैं ओपेकबाट बाहिरिएका थिए । 

विश्वमा सबैभन्दा ठूलो तेल भण्डार भएका देशहरू यस्ता छन्– भेनेजुएला ३०१ अर्ब ब्यारेल, साउदी अरब २६६ अर्ब ब्यारेल, क्यानडा १७० अर्ब ब्यारेल, इरान १५८ अर्ब ब्यारेल, इराक १४३ अर्ब ब्यारेल, कुवेत १०२ अर्ब ब्यारेल, संयुक्त अरब इमिरेट्स ९८ अर्ब ब्यारेल, रुस ८० अर्ब ब्यारेल, लिबिया ४९ अर्ब ब्यारेल र नाइजेरिया ३७ अर्ब ब्यारेल । 

साउदीको तेल भण्डार किन रहस्यमयी ? 

साउदी अरबको तेल भण्डार पछिल्लो पाँच दशकदेखि तेल विशेषज्ञका लागि कुनै रहस्यजस्तै भएको छ । तेल निर्यातक देशहरूको संगठन ओपेकलाई साउदी अरबको सरकारले जुन अनुमानित भण्डारको जानकारी दिएको छ, त्यसअनुसार प्रमाणिक तेल भण्डार २६६ अर्ब ब्यारेल छ । ओपेकले सन् २०१५ मा आफ्नो वार्षिक बुलेटिनमा यसको जानकारी दिएको थियो । 

यदि यो तथ्यांक सही हो भने औसत १.२ करोड ब्यारेल प्रतिदिन उत्पादनका हिसाबले साउदीको तेल भण्डार आगामी ७० वर्षमा सकिनेछ । तर, आधिकारिक आँकडाहरूलाई लिएर पर्याप्त सन्देह पनि छन् । 

यसको कारण हो सन् १९८७ मा साउदीले आफ्नो तेल भण्डार १७० अर्ब ब्यारेल बताएको थियो, जुन सन् १९८९ मा बढाएर २६० अर्ब ब्यारेल पु¥याएको थियो । 

सन् २०१६ स्टाटिस्टिकल रिभ्यु अफ वल्र्ड एनर्जीको एक रिपोर्टअनुसार साउदीले ९४ अर्ब ब्यारेल तेल बेचिसकेको छ वा खर्च गरिसकेको छ, तर पनि आधिकारिक रुपले उसको भण्डार २६०देखि २६५ अर्ब ब्यारेल नै हो । यदि, सरकारको डाटा सही छ भने यसको अर्थ हुन्छ, साउदीले तेलको नयाँ भण्डार खोजेको छ वा अनुमानित भण्डारलाई बढाइदियो । 

जुन भण्डारबाट तेलको उत्पादन भइरहेको छ त्यहाँ अझै तेल छ वा अहिलेसम्म जति तेल निकालिएको छ त्यसको आपूर्ति भइसकेको छ भने अनुमानित भण्डारलाई बढाउने यो एक आधार हो ।

तर, साउदीमा सन् १९३६ देखि १९७० को बीचमै तेल भण्डारको विशाल भण्डारहरूको खोजी गरिएको थियो । यसपछि यसको तुलनामा साउदीमा तेलको नयाँ खानीको खोज गरिएको छैन । तर, जहाँ–जहाँ तेल उत्पादन भइरहेको छ, त्यसको लेखा–जोखा र अनुमानित भण्डारलाई साउदीले निक्कै गोप्य राख्ने गरेको छ । यस्तो अवस्थामा कुनै पनि तथ्यको पुष्टि गर्नु असम्भवजस्तै हो । 

भनिन्छ, साउदीले आज विश्वकै सबैभन्दा बढी तेल उत्पादन गरिरहेको छ । यसले साउदीको तेल उत्पादन शिखरमा पुगेपछि त्यही गतिमा तल आउने भविष्यवाणीलाई झट्का दिएको छ । 

अनुमानित भण्डार 

सन् १९७० को दशकमा साउदी अरबले ५३० अर्ब ब्यारेलको ओरिजिनल आइल इन प्लेस (ओओआइपी) को खोज गरेको व्यापक सहमति भएको थियो । 

अनुमानति ओओआइपीको जानकारी अन्तराष्ट्रिय आर्थिक नीतिमाथि अमेरिकी सिनेटको उपसमितिलाई साउदी अरब र अमेरिकाको तेल कम्पनी अरामकोको तर्फबाट दिइएको थियो । 

त्यतिबेला साउदीको अहिलेको सर्वाधिक ठूलो तेल कम्पनी अरामकोमा अमेरिकी तेल कम्पनी एक्सोन, टेक्साको, सोसल र मोबिल र साउदीको साझा कम्पनी थियो । यस्तोमा साउदीको तेल भण्डारको महत्त्वपूर्ण जानकारीहरू साझा हुने गर्थ्यो । 

सन् १९७९ मा अमेरिकी सिनेटमा प्रस्तुत गरिएको जानकारीलाई अन्तिम सार्वजनिक जानकारीको रुपमा हेरिन्छ । तर, सम्पूर्ण ओओआइपीको उत्पादन सम्भव हुन सकेको थिएन । 

सन् १९७० को दशकको अन्तिम वर्षहरूमा अरामकोले प्रमाणिक तेलको भण्डार ११० अर्ब ब्यारेल बताएको थियो । यसका साथै प्रत्याशित र सम्भावित भण्डार क्रमशः १७८ अर्ब ब्यारेल र २४८ अर्ब ब्यारेल बताएको थियो । अनुमानित तेल र व्यावसायिक रूपले उत्पादनको सम्भावनामा जम्मा १० प्रतिशत हुने गर्छ । सन् १९७० मै अरामको र उसका पार्टनर कम्पनीबीच उत्पादनको श्रेणीहरूलाई लिएर निक्कै विवाद भएको थियो । 

सन् १९८० देखि साउदी अरबसँग तेल कम्पनी अरामकोको स्वामित्व छ । सन् १९८२ देखि कम्पनीसँग तेल भण्डारको फिल्डलाई लिएर जे–जति जानकारी आयो, त्यसलाई गोप्य बनाइएको छ । अगाडि गएर साउदी अरबले ओपेकलाई प्रमाणिक भण्डारका बारेमा जानकारी साझा गर्न सुरु गर्यो । 

साउदीले ओपेकलाई प्रमाणिक तेल भण्डार १६८देखि १७० अर्ब ब्यारेल बताएको थियो । साउदीको यो आंकडा अरामकोले आफ्नो पार्टनर्स कम्पनीलाई केही वर्ष पहिले जे दिएको थियो, त्यो भन्दा बढी छ । 

अरामकोले प्रमाणिक तेल भण्डार ११० अर्ब ब्यारेल बताएको थियो । तर, अरामकोले अमेरिकी सिनेटलाई दिएको सम्भावित तेल भण्डारको जानकारीसँग यो नजिक हो । आंकडामा असमानताबाट थुप्रै प्रश्न उठ्छन् । 

सन् १९८८,८९ मा प्रमाणिक तेल भण्डार एक पटक फेरी बढाएर २६० अर्ब ब्यारेल बतायो । यस समय तेलको नयाँ भण्डारको खोज पनि भएको थिए । यस्तोमा के साउदीले तेल भण्डारलाई बढाएर देखाउनका लागि सम्भावित भण्डारलाई प्रमाणिक भण्डार बतायो त ? भन्ने प्रश्न उठ्न थाल्यो । 

कुनै पनि देश सुरुमा अनुमानित तेल भण्डारभन्दा बढी तेलको उत्पादन गर्छ भने यो कुनै असामान्य कुरा भने होइन । नयाँ तेल र ग्यास भण्डारको खोजी तेल भण्डारमा बढोत्तर हुन्छ । र यसले अनुमानित भण्डारमा पनि बढोत्तरी हुनु स्वाभाविक हो । 

तेल भण्डारलाई लिएर कुनै पनि अनुमान स्थिर हुन सक्दैन । धेरै पटक प्रत्याशित तेल भण्डार सम्भावित क्षेत्रीमा आउँछ र अन्त्यमा प्रमाणिक बन्छ । तर, सन् १९८० को देशकदेखि नै २६५ अबर ब्यारेलको आसपास हुनु साउदी अरबको समस्या हो । बिबीसी 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर