• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

यसै वर्ष गुगलले बन्द गर्यो यी १० सेवा !

काठमाडाै‌ । विश्वको सबैभन्दा ठूलो टेक फर्म गुगलले विश्वभरमा आफ्ना थुप्रै उत्पादन र सेवाहरु इन्टरनेट प्रयोगकर्तालाई दिइरहेको छ । सर्च इन्जिन गुगलको उत्पादनलाई डेस्कटप र मोइबाइल डिभाइसमा करोडौँले प्रयोग गर्छन् । 

गुगलको सबैभन्दा बढी प्रयोग हुने प्रोडकटमा जि–मेल, सर्च इन्जिन र युट्युब हुन् । यद्यपि, प्रयोगकर्ताको राम्रो प्रतिक्रिया नपाएका आफ्ना थुप्रै उत्पादन र सेवालाई गुगलले बन्द गरिसकेको छ । सन् २०१९ मा पनि गुगलले थुप्रै उत्पादन बन्द गरेको छ । जान्नुहोस् कुन–कुन सेवा बन्द गर्यो गुगलले :

गुगल प्लस – गुगलले आफ्नो सामाजिक वेबसाइट गुगल–प्लसलाई यस वर्ष बन्द गरेको छ । कम्पनीको सबैभन्दा लामो समयसम्म चलेको यस नेटवर्कलाई करिब ८ वर्षपछि बन्द गरेको छ । 

गुगल अल्लो – गुगलको यस म्यासेजिङ एपलाई पनि बन्द गरिएको छ । यस सेवालाई गुगल च्याट नामबाट रिब्रान्ड पनि गरिएको थियो । 

इनबक्स जिमेल – गुगलको यस सेवाका थुप्रै फिचर्स जिमेल एपमा पनि उपलब्ध छन् । करिब चार बर्ष पुरानो यस एपलाई पनि यसै बर्ष बन्द गरिएको छ । 

युट्युव गेमिङ – गुगलले भिडियो सेयरिङ प्लाटफर्म युट्युबको गेमिङ भिडियोहरु र लाइभ स्ट्रिमिङमा फोकस सर्भिसलाई पनि यस वर्ष बन्द गरेको छ । यसलाई पनि चार वर्षअघि सुरु गरेको थियो । 

गुगल युआरएल सर्टनर – कुनै युआरएललाई सर्ट गर्नका लागि यस सर्भिसको मद्दत लिन सकिन्थ्यो । गुगुलको सबैभन्दा पुरानो सर्भिसमध्यृ एक युआरएल सर्टनरलाई पनि यस वर्ष बन्द गरिएको छ । यो ९ वर्ष पुरानो गुगल उत्पादन थियो । 

युट्यु म्यासेज – युट्युवमा दिइएको म्यासेज सेवालाई पनि गुगलले यस वर्ष बन्द गरेको छ । यो सेवा चालु भएको दुई वर्ष मात्रै भएको थियो । 

एरिओ – गुगलको एरिओ एपको मद्दतले प्रयोगकर्ताले मनपर्ने रेष्टुरेन्टबाट खाना मगाउन वा टेबल बुक गर्न सकिन्थयो । 

क्रोमकास्ट अडियो – गुगलले आफ्नो क्रोमकास्ट अडियो हार्डवेयर उत्पादनलाई पनि बन्द गरेको छ । तीन वर्षअघि लञ्च भएको यस उत्पादनको मद्दतले प्रयोगकर्ताले कुनै पनि डिभाइसबाट स्पिकरमा अडियो स्ट्रिम गर्न सक्थे ।

गुगल ट्रिप्स – यात्रा गर्न मन पराउनेका लागि यो एपले यात्रा योजना बनाउन मद्दत गर्थ्यो । यसमा उडान, होटल, कार र रेष्टुरेसन बुकिङको सुविधा पाइन्थ्यो । तीन वर्ष पुरानो यस सेवालाई पनि गुगलले बन्द गरेको छ । 

डाटा सेभर एक्सटेन्सन – गुगल क्रेम ब्राउजरका लागि डाटा सेभर एक्सटेन्सन पनि चार वर्षपछि बन्द गरिएको छ । यसको मद्दतले बढी डाटा प्रयोग नगरीकनै वेब ब्राउजिङ गर्न सकिन्थ्यो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर