विवाहपञ्चमी अन्तर्गत आज रामले तोडे धनुष
जनकपुरधाम । राम जानकी विवाह पञ्चमी अन्तर्गत आज तेस्रो दिन धनुष यज्ञ विधि सम्पन्न भएको छ ।
त्रेतायुगमा मिथिला नरेश राजर्षि जनक शिरध्वजले आफ्नी छोरी जानकीको विवाहका लागि धनुष यज्ञ गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत धनुष यज्ञ विधि गर्ने गरिन्छ । सोही परम्परा अन्तर्गत विहिबार जनकपुरधाममा धनुष यज्ञ विधि जानकी मन्दिरमा सम्पन्न भएको छ ।
जानकी मन्दिरमा आयोजना गरिएको धनुष यज्ञमा रामका प्रतिक बनेका किशोरले शिव धनुष तोडेका छन् । त्रेता युगमा मिथिला नरेश राजा जनकले आफ्नी सीतासँग विवाह गर्नेले शिवको धनुषमा प्रत्यन्चा चढाउन सक्नु पर्ने प्रण लिएका थिए । सो सभामा सहभागी भएका कुनै राजा प्रतयन्चा चढाउन नसकेपछि भगवान रामले प्रत्यन्चा चढाउन खोजेपछि धनुष तीन टुक्रा भएको थियो ।
त्यसपछि मात्रै माता सीता र भगवान राम बिच विवाह भएको वाल्मिकी रामायणमा उल्लेख रहेको छ ।
प्रतिकृया दिनुहोस