• सोमबार ८-२३-२०७६/Monday 12-09-2019/ 11:25 pm

कविता : भरखरै जस्तो लाग्छ 

भरखरै जस्तो लाग्छ
मैले उसलाई चोर औंला उठाएको
यही चौतारोमा हो ।

हामी चौतारोमा बसेर
जब सपनाका कुरा गथ्र्यौं
हाम्रा दुस्मनहरू
त्यो चौतारोमा आउन डराउँथे
त्यो बाटो हिँड्नै डराउँथे
हामी त्यही चौतारोमा बसेर
भविष्यका कुरा गथ्र्यौं
सन्ततीका कुरा गथ्र्यौं
भोकाएकाहरूको कुरा गथ्र्यौं
तर उनीहरू हामीसँग तर्केर हिँड्थे ।

के भइरहेको छ रु
आफैंलाई घेरेर बसेको छ
यतिबेला शङ्काको बादल
घरिघरि आफैंलाई विश्वास लाग्दैन आफैसँग
फेरि आँखा मिचेर त्यही चौतारोमा हेर्छु
मैले हिजो त्यही चौतारोबाट
चोर औला उठाएका ऐतिहासिक दुष्मनहरू
त्यही चौतारोमा घुमिरहेका थिए
फेरि आँखा मिचेर हेर्छु
उनीहरू त्यही थिए
कसैले हातमा अक्षता र चन्दनको थाली बोकेका थिए
कसैले हातमा फूल र फूलका मालाहरू बोकेका थिए
जति–जति मानिसहरू थिए त्यहाँ
हामीले चोर औंला उठाएकाहरू नै बढी थिए
हाम्रो चौतारोलाई उखेल्नेहरू नै बढी थिए ।

आस्थाका इट्टाहरू जोडेर बनाएको
श्रमिकहरूको लागि सियाल ताप्न बनाएको
नयाँ पाउला पलाउने ऋतु आउन तरखर नहुँदै
पुराना पातहरू क्रमशः òरिरहेका छन्
सुक्दै गएका हाँगाहरूमा
चराहरूले गुँड लाउन छाडिसकेका छन् ।

इतिहासको यो कुइनेटोमा
एक हुल हामी मान्छेहरू
पुनःनिर्माण गर्न खोजिरहेका छौं
हिजो अस्तीकै जस्तो
त्यो चौतारोको रहरलाग्दो बैंस ।

भरखरजस्तो लाग्छ—
मैले उसलाई
हाम्रो दुस्मन भनेर घोषणा गरेको
यही चौतारोमा हो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

स्वरसम्राट नारायण गोपालको आज २९ औँ स्मृति दिवस

  • १९ मङ्सिर, २०७६

काठमाडौं ।  नेपाली सङ्गीत क्षेत्रका चम्किला तारा स्वरसम्राट नारायण गोपालको आज २९ औँ स्मृति दिवस मनाइदैँ छ । आज २९ औँ स्मृति दिवसका अवसरमा नारायण

साहित्यकार तथा पत्रकार विनय कसजूको निधन

  • १० मङ्सिर, २०७६

काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार विनय कसजूको निधन भएको छ। निमोनियाका कारण दुई साताअघि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका

उनको यादमा

  • ७ मङ्सिर, २०७६

धेरै भएछ प्रेमका कविता नकोरेको उनको यादमा  झरीमा उनका केशबाट तपतप झरेको पानी जसरी पग्लिँदा मैनको थोपाथोपा झर्छ जसरी झर्छ निधारबाट पसिना जसरी