कञ्चनपुरको पुनर्वास–३ मा नेकपा विजयी
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेद्वार कृष्णबहादुर तामाङ विजयी भएका छन्।
उनले ५२८ मत ल्याएर नेपाली कांग्रेसका उम्मेद्वार दीपबहादुर तामाङलाई पराजित गरेका हुन् । तामाङले ३१० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिए ।
कुल एक हजार १२९ मतदातामध्ये ९२४ मत खसेको थियो । जसमा ४ मत बदर भएको छ । समाजवादी पार्टीका उमेदवार भिम तामाङले ७५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका पदम बहादुर शाही ७ मत र गाई चिह्नमा ७ मत खसेकाे छ ।
प्रतिकृया दिनुहोस