• २०८१ बैशाख २१ शुक्रबार
  • Friday, 3 May, 2024

‘भक्तपुरका जनताको सुख दुःखको साथी भई आजिवन लाग्ने छु’–डिपी ढकाल

कांग्रेसबाट विजयी उम्मेदवारलाई ढकालको बधाई

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ (क) बाट पराजित भएका नेकपाका उम्मेदवार डिपी ढकालले मत दिने सबै मतदाताप्रति आभार व्यक्त गरेका छन् । समाजिक सञ्जाल फेसबुकमार्फत उनले सबैप्रति आभार व्यक्त गरेका हुन् । उनले विजयी उम्मेदवारलाई बधाई दिँदै सूर्य चिन्हमा मतदान गर्ने सबैलाई आभार भनेका छन् । 

लामो समयदेखि भक्तपुरवासि र त्यहाँको विकासमा खटिरहेका नेता ढकालले भनेका छन्–‘यो उप निर्वाचनमा विजयी उम्मेदवारलाई हार्दिक बधाई ।’

निर्वाचनमा परिचालित सम्पूर्ण नेता कार्यकर्ता र जनसमुदायलाई आभार व्यक्त गर्दै भक्तपुरको विकास र समृद्धिका लागि आजिवन लाग्ने प्रतिज्ञा पन गरेका छन् । उनले भनेका छनु–‘यस निर्वाचनमा सूर्य चिन्हृमा मतदान गर्नुहुने सबै मतादातालाई हार्दिक आभार ब्यक्त गर्दछु । यो निर्वाचनमा परिचालित हुने सम्पूर्ण नेता कार्यकर्ता र जनसमुदायलाई हार्दिक आभार ब्यक्त गर्दै भक्तपुरको बिकास र सम्बृद्धिको लागि आदरणीय जनसमुदायको सुख दुःखको साथी भई आजिवन लागिपर्ने पुन प्रतिज्ञा गर्दछु ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर