• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नेकपाको समर्थनमा बाग्लुङमा जनमोर्चाका शाही विजयी

बाग्लुङ । बाग्लुङ क्षेत्रनम्बर २ (ख)बाट प्रदेशससभा सदस्यमा राष्ट्रिय जनमोर्चा (राजमो)का खिमविक्रम शाही विजयी भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थन प्राप्त शाहीले कांग्रेस उम्मेदवार जीतबहादुर शेरचनलाई २ हजार ९७ मतअन्तरले हराएका हुन् ।

प्रदेशसभा सदस्यमा निर्वाचित शाहीले ११ हजार २ सय ३५ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शेरचनले ९ हजार १ सय ३८ मत पाएका छन् ।
उपनिर्वाचनमा तेस्रो बनेका समाजवादी पार्टीका अशोककुमार विकले ३१६ मत पाएका छन् ।

उपनिर्वाचनमा कुल ३५ हजार १८४ मतदातामध्ये २१ हजार ८९५ जनाले मतदान गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर