• बुधबार ८-२५-२०७६/Wednesday 12-11-2019/ 06:34 am

१३ औं साग : नेपालको खातामा ६ स्वर्ण

काठमाडौं । नेपालले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा हालसम्म ६ स्वर्ण हात पारेको छ । पोखरा र ललितपुरको सातदोबाटोमा भएको खेलमा नेपालले उक्त पदक हासिल गरेको हो । 

नेपालका लागि मण्डेकाजी श्रेष्ठले कराँतेमा स्वर्ण जित्दै नेपालका लागि पहिलो स्वर्ण पदक दिलाएका थिए । त्यस्तै कराँतेको महिलातर्फको टिम काताबाट नेपालले दोस्रो स्वर्ण हात पार्यो । महिला टीम कातामा नेपालले फाइनलमा पाकिस्तानलाई पराजित गर्दै स्वर्ण जितेको हो । टिम कातामा निर्मला तामाङ, सरु कार्की र संगिता मगर रहेका छन् । 

त्यसैगरी, महिला ट्रायथोलनमा नेपालले तेस्रो स्वर्ण पदक जितेको छ । सोमबार पोखरामा भएको महिला ट्रायथोलनमा नेपालकी सोनिका गुरुङले स्वर्ण पदक दिलाएकी हुन् ।

त्यस्तै तेक्वान्दोमा नेपालले दुई स्वर्ण पदक जितेको छ । सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको प्रतियोगितामा नेपालका लागि गोविन्दबहादुर आले र कमल श्रेष्ठले स्वर्ण पदक जितेका हुन् । गोविन्दले पुम्सेको ५८ केजीमा स्वर्ण जितेका हुन् भने कमलले पुरुष एकलतर्फ स्वर्ण पदक जितेका हुन् ।

त्यस्तै, १३ औं दक्षिण एसियाली खेदकुद (साग) मा सोमबार भएको महिला क्रिकेटमा पनि नेपालले शानदार जित निकालेको छ । महिला क्रिकेटको पहिलो प्रतियोगितामा माल्दिभ्सले दिएको लक्ष्य नेपालले ५ बलमा नै भेट्टाउँदै १० विकेटले हराएको छ । 

पोखरामा टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन बनायो । कमजोर प्रदर्शन गरेको माल्दिभ्स १६ रन बनाउँदै अल आउट भएपछि नेपालले पहिलो ओभरमै उक्त लक्ष्य पुरा गर्यो ।  आजको खेलमा नेपालकी अञ्जली चन्दले कीर्तिमान बलिङ गरेकी छन् । चन्दले २ मेडन राख्दै २.१ ओभरको खेलमा ६ विकेट लिइन ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

साग फुटबलमा नेपाललाई स्वर्ण

  • २४ मङ्सिर, २०७६

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको फुटबलमा नेपालले स्वर्ण जितेको छ । नेपालले भुटानलाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो

साग फुटबल फाइनलः नेपालको पुनः अग्रता

  • २४ मङ्सिर, २०७६

काठमाडौं । दशरथ रंगशालमा जारी फुटबलको फाइनल खेलमा नेपालले पुनः अग्रता लिएको छ । नेपालका सुनील बलले उत्कृष्ट गोल गर्दै नेपालले भुटामाथि २–१ को

भुटानले बराबरी गोल फर्कायो

  • २४ मङ्सिर, २०७६

काठमाडौं । दशरथ रंगशालमा जारी फुटबलको फाइनल खेलमा भुटानले बराबरी गोल फर्काएको छ । भुटानका चेन्चो ग्याल्चेनले  ३८ मिनेटमा बराबरी गाेल फर्काए