• बुधबार ८-२५-२०७६/Wednesday 12-11-2019/ 01:42 pm

तमिलनाडुमा भारी वर्षापछि घर भत्किदाँ १७ को ज्यान गयो 

नयाँ दिल्ली  । भारतको तमिलनाडु राज्यमा सोमबार भारी वर्षापछि घरका पर्खाललगायतका संरचनाहरु भत्किँदा चार परिवारका कम्तीमा १७ जनाको मृत्यु  भएको छ  ।

भारी वर्षाका कारण सोमबार बिहान ती व्यक्तिहरु सुतिरहेको अवस्थामा घरको पर्खाल भत्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

भारतीय दक्षिणी राज्य तमिलनाडुको गाउँमा भएको सो घटनामा दुई बालबालिकासहित १७ जनाको मृत्यु भएको जनाइएको छ । मुसलधारे वर्षापछि सो घटना भएको प्रहरी स्रोतले एएफपी समाचार समितिलाई सो जानकारी दिएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान ५ः३० बजे सो घटना भएको टाइम्स अफ इन्डिया दैनिकले जनाएको छ । भारतमा घरलगायतका संरचना भत्किनु  एक सामान्य घटनाको रुपमा रहेको पाइन्छ ।

कमजोर संरचनाहरूका कारण यस्तो घटना हुने गरेको विज्ञहरुको भनाई छ । गत जुलाईमा मुम्बईमा भएको यस्तै घटनामा कम्तीमा ३० व्यक्तिको मृत्यु भएको थियो । एएफपी 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

इंग्ल्यान्डबाट नेपाल दौडिएर आउँदै ७३ वर्षीया महिला

  • २५ मङ्सिर, २०७६

इस्तानबुल । बेलायतकी ७३ वर्षीया महिला बेलायतबाट नेपालसम्म दौडिएर पुग्ने योजनासहित यात्रा सुरु गरेकी छिन् । रोजी स्वेल नाम गरेकी ती महिला नेपालका

ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी आरोप सार्वजनिक

  • २५ मङ्सिर, २०७६

एजेन्सी । अमेरिकी संसद्को न्यायिक समितिले औपचारिक रूपमा राष्ट्रपति ट्रम्पविरूद्धका महाभियोगसम्बन्धी अभियोगहरू सार्वजनिक गरेको छ। त्यसलाई

अमेरिकाको न्यू जर्सीमा बन्दुकधारी र प्रहरीबीच गाेली हानाहान, प्रहरीसहित ६ जनाकाे मृत्यु

  • २५ मङ्सिर, २०७६

बीबीसी । अमेरिकाको न्यू जर्सीमा बन्दुकधारी र सुरक्षाकर्मीबिच शृङ्खलाबद्ध रुपमा गोलीहानाहान भएको छ । सो घटनामा एक प्रहरी अधिकारी र अरु पाँचजनाको