• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

हङकङ : प्रदर्शकारीले भने ‘धन्यवाद ट्रम्प’, जवाफमा चीनले अमेरिकी सेनामाथि लगायो प्रतिबन्ध !

एजेन्सी । हङकङमा हिंसात्मक गतिविधिलाई सहयोग गर्ने विधेयकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेपछि हङकङ प्रदर्शनकारीहरुले उत्सव मनाएका छन् । अब प्रदर्शनकारीहरु स्वतन्त्र हङकङको माग गर्दै सडकमा उत्रिरहेका छन्, जसका कारण हङकङ सरकार र चीनकाे तनाव बढेको छ । 

हङकङमा भएको स्थानीय चुनावमा प्रजातन्त्र पक्षधरले पाएको भारी सफलता र अमेरिकाद्वारा समर्थनमा बनाइएको कानुनले प्रदर्शनकारीहरुलाइ हावा दिएकाे छ । लोकतन्त्रको माग गर्दै प्रदर्शनकारी आइतबार फेरी सडकमा उत्रिए । एक हजारभन्दा बढी प्रदर्शनकारीहरु जुलुसको रुपमा अमेरिकी वाणिज्य दूतावास पुगेर आभार प्रकट गरेका थिए । 

एक साता शान्त रहेपछि हङकङमा प्रजातन्त्र पक्षधर दर्शनकारीहरु सडकमा उत्रेका छन् । प्रदर्शनकारीहरुले प्रजातन्त्रबाहेक अन्य स्विकार नभएको बताइरहेका छन् । 

अर्कातिर हङकङ सरकार र चीनले पनि आफूहरु कुनै पनि कानुनको दबाबमा नआउने स्पष्ट पारेका छन् । अब फेरी प्रदर्शन सुरु भयो सख्त कारवाही गर्ने चीनले चेतावनी दिएकाे छ । 

प्रदर्शनकारीहरुले ‘राष्ट्रपति ट्रम्प, हङकङलाई स्वतन्त्र बनाऊ’ लेखेको ब्यानर उचालेर अमेरिकी दूतावास पुगेका थिए । दूतावास अगाडि प्रदर्शनकारीहरु हातमा माइक बोकेर ‘हङकङलाई ठूलो उपहारका लागि धन्यवाद राष्ट्रपति ट्रम्प’ भन्दै चिच्याएको अलजजिराले उल्लेख गरेको छ । 

अन्य हजारौँ प्रदर्शनकारीले पूर्वी महानगरको मुख्य व्यापारिक इलाकामा एकत्रित भएर विरोध प्रदर्शन गरे । प्रहरीले उनीहरुलाई तितर–वितर गर्नका लागि अश्रु ग्यास छोडेको थियो । ठूलो  संख्यामा जेष्ठ नागरिक र सर्वसाधरणहरु सकडमा उत्रिएर चीनबाट हङकङ स्वतन्त्र हुनुपर्ने माग गरे । 

एकातिर चीनको विरोधका बावजुद पनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत बुधबार हङकङका प्रदर्शनकारीलाई समर्थन गर्ने एउटा विद्येयकमा हस्ताक्षर गरेका छन् । ‘द हङकङ ह्युमन राइट्स एण्ड डेमोक्रेसी एक्ट’ नाम दिइएको यो विधेयक पारित भएपछि हङकङको स्वामित्व चीनसँग रहिरहनु पर्छ वा पर्दैन भन्नेबारे अमेरिकाले समीक्षा गर्नेछ । 

अमेरिकी कांग्रेसले एक अर्को विधेयक पनि पारित गरेको छ, जसमा ट्रम्पले पनि हस्ताक्षर गरेका छन् । यस विधेयकको माध्यमबाट भीड नियन्त्रणको गतिविधिहरु जस्तै अश्रु ग्यास, खुर्सानीको धुलो, रबरको गालीआदि हङकङ प्रहरीका लागि निर्यातमा प्रतिबन्ध लागेको छ । 

यता चीनले यस कानुनमाथि आफ्नो तिखो प्रतिक्रिया दिएको छ । चीनले अमेरिकालाई चेतावनी दिँदै यसको जवाफमा अमेरिकामाथि कारबाही गर्ने बताएको छ । 

अमेरिकाको कदमको जवाफ स्वरुप अमेरिकी गैरसरकारी संस्थाहरुमाथि चीनले कडाई गर्ने र सैन्य जहाजहरुलाई हङकङ यात्राको अनुमति नदिने बताएको छ ।

चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले अमेरिकी सैन्य जहाजहरुसम्बन्धी अनुरोधलाई बेइजिङले तत्काल रोकेको साउथ चाइन मर्निङ पोस्टले उल्लेख गरेको छ । प्रवक्ता हुवाले ट्रम्पले सो कानुनमा हस्ताक्षर गरेकै कारण चीनले सो कदम चाल्नु परेको बताएकी छिन् । 

आइबार हङकङमा प्रदर्शनमा हिंसाको आशंकाले पसल तथा व्यापारिक प्रतिष्ठानहरु बन्द भएका छन् । जेष्ठ नागरिकहरु आफ्नो पालेको कुकुरको साथमा प्रदर्शन स्थलमा पुगेका थिए । एसियाको प्रमुख व्यापारिक केन्द्रमध्ये एक हङकङमा करिब एक साता लामो शान्तिपछि आइतबार फेरि प्रदर्शन भएको छ । 

यसअघि पोलिटेक्निकल विश्वविद्यालयमा प्रदर्शनकारीहरुमाथि प्रहरीले कारबाही गरेपछि शान्त बनेको थियो । तर स्थानीय चुनावमा लोकतान्त्रिक पक्षधरको जीत र पक्षमा अमेरिकी कानुन पारित भएपछि सेलाएको प्रदर्शनलाई नयाँ ऊर्जा मिलेको छ । 

यसै कारण चीन र हङकङ सरकारले सख्त कारबाहीको चेतावनी दिएको थियो । तर, हङकङका सडकमा विद्यार्थी र जेष्ठ नागरिक सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरुले ६ महिनादेखि जारी प्रदर्शनलाई जारी राख्ने संकल्प गरेको बताइको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर