• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

‘कांग्रेस कहाँ छ भनेर प्रचण्डको वडा र केपी ओलीको जिल्लामा गएर सोधे हुन्छ’ : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार सम्पन्न उपनिर्वाचनबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपालाई ‘आजै सच्चिने कि भोलि सक्किने’ भन्ने सन्देश दिएको दाबी गरेको छ । सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन गर्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले सो कुरा बताएका हुन् । 

उनले समग्रमा नेपाली कांग्रेसले ‘सक्किने’भन्नुको अर्थ भोलिको परिणाम झनै प्रतिकूल आउनेतर्फ गरिएको संकेत भएको उनले बताए । उनले क प्रचण्डको वडामा गएर नेपाली कांग्रेस पार्टी कहाँ छ भनेर खोज्न समेत आग्रह गरे । उनले भने–‘अब उप्रानत उपनिर्वाचन अघि र पछि नेपाली कांग्रेस कहाँ छ भनेर सोध्नेहरुको लागि क. प्रचण्डको वडामा गएर कांग्रेस कहाँ छ भनेर सोधे हुन्छ ।’ 

साथै उनले नेपाली कांग्रेस कहाँ छ भनेर सोध्नेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला भक्तपुर गएर सोध्न आग्रह गरे ।

दुई गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र केही वडाध्यक्षमा हात पारेको जितलाई देखाएर सरकारको पक्षमा जनमत जस्ताको तस्तै कायम छ भन्ने आत्मसन्तोष गर्न सुविधा सरकार र नेकपासँग रहेको कांग्रेसले बताएको छ ।

कास्की र दाङमा राजनीतिक प्रभावभन्दा सहानुभूतिका मत संयोजन भएको भन्दै उनले बालुङसहित तीनै क्षेत्रमा मतान्तर घटाएको उल्लेख गरे ।

कांग्रेसले एक गाउँपालिका अध्यक्ष एक उपाध्यक्ष र केही वडाध्यक्ष गुमाएको भन्दै उनले यसको समीक्षा हुने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर