अक्षयलाई कपिल शर्माकाे चुनौती– ‘हिम्मत भए बिहान ३ बजे फिल्म प्रमोशन गर्न आउनुस्’

मुम्बई । कमेडियन हिरो कपिल शर्माले सार्वजनिक रुपमै अभिनेता अक्षय कुमारलाई एक चुनौती दिएका छन् । कपिलले एक भिडियोमा भने –‘हिम्मत छ भने बिहान ३ बजे मेरो शोमा फिल्म प्रमोशनको लागि आउनुस्’ । कपिलले आफ्नो इन्स्ट्राग्राममा एक भिडियो सेयर गरेका छन् । 

भिडियोमा उनको साथमा ‘द कपिल शर्मा शो’ का निर्देशक भरत कुकरेती र केही कलाकार चन्दन भास्कर भारती सिंह, किकु शारद लगायत देखिएका छन् । कपिलले सार्वजनिक गरेको भिडियो पुरै टिममलाई टेग गदै लेखेका छन् –‘ अक्षय कुमारलाई ‘द कपिल शर्मा शाे’ को तर्फबाट च्यालेन्ज छ हामी बिहान ३ बजे शुटको लागि तयार छौ । गुड न्युज लिएर छिटो आउनुस् ।’

भिडियोमा कपिलले अक्षयको साथमा सुट गरेको एक विशेष एपिसोटको बारेमा बताएका छन् । जसको लागि कपिलको टिमले बिहान ६ बजे नै  तयार हुनु परेको थियो । 

कपिलले भिडियोमा भनिरहेका छन् –‘शुभप्रभात साथीहरु, अहिले बिहानको ३ बजेको छ । अक्षय पाजी तपाईलाई हाम्रो च्यान्लेज छ । पछिल्लो समय हामीलाई ६ बजे उठाएका थियौँ । यो पटक हामी ३ बजेसम्म नै नसुति बसेका छौ । हिम्मत भए लिएर ‘गुड न्युज ’ आउनुस् ।’तर कपिलका साथमा भएका साथीहरुले कपिलले बोलेका कुरालाई मजाकमा लिएका छन् । सबैले एकसाथ भनेका छन्– ‘लभ यु अक्षय पाजी.....आउनुस् हामीसँग मिल्न ।’

अक्षय कुमारको फिल्म ‘गुड न्युज’ डिसेम्बर २७ मा रिलिज हुँदैछ । फिल्ममा करिना कपुर,दिलजित दोसाझ र कियारा आडवाणीको मूख्य भूमिका रहेको छ । यो फिल्म राज मेहेताको निर्देशनमा बनेको  हो ।  

फिल्म ‘गुड न्युज’को लागि कपिल शर्मा  एक विशेष एपिसोट सुट गर्ने तयारीमा रहेका छन् । यो भन्दा अगाडी आएको अक्षयको फिल्म ‘हाउसफुल ४’ को शुट कपिलले बिहान ६ बजे गरेका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर