पुरुष अधिकारका लागि लड्नु पर्ने अवस्था आउन सक्छ : मन्त्री के.सी.

सुर्खेत । कर्णाली प्रदेश सरकारकी भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले पछिल्लो अवस्था हेर्दा पुरुषको अधिकारका लागि लड्नु पर्ने अवस्था आउन सक्ने बताएकी छन् । 

पछिल्लो समयका घटनाक्रमलाई हेर्दा महिलाहरुले आफ्नो अधिकारलाई प्रयोग गर्न नजानेको भन्दै मन्त्री केसीले त्यस्तो अवस्था आउन सक्ने बताईन् । 
महिलाहरुले आफुले अधिकार पाएको भन्दै केही दलालसँग मिलेर आफ्नो अधिकारको दुरुपयोग गरि धेरै पुरुषलाई अनावश्यक हैरान पारेको उनले जिकिर गरिन् । 
र्
नेपालको संविधानले महिलालाई सशक्त बनाएको छ तर अधिकार पाईयो भन्दैमा कानुनको दुरुपयोग गर्नु हुदैन ।’ उनले भनिन्–‘कानुनको दुरुपयोग भईरहेमा पुरुषको अधिकारको निम्ती लड्नु पर्ने अवस्था आउन सक्छ ।’ उनले भनिन‘पुरुषको पक्षमा कानुन नभएकोले आजभोली केही महिलाले पुरुषहरुलाई अनावाश्याक दुःख दिने गरेको देखन्छि , उनले भनिर्न महिलाको पक्षमा बोल्दा बोल्दै पुरुषले आफ्नो अधिकार गुमेको जस्तो अवस्था आउन सक्छ ।’ 

प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री केसीले महिलाहरु माथि पछिल्लोसमयमा  बिभिन्न कोणबाट हिंसा पसिन बढ्दै गएको बताईन् । १६ दिने महिला हिंसा विरुद्धको अभियान कार्यक्रममा सहभागी हुँदै मन्त्री केसीले महिला माथि भएका हिंसा प्राय आर्थिक समाजिक र घरेलु कारणले भएको बताईन् र्। महिलाहरुमा सम्पतीको हक नहुनुले पनि प्राय हाम्रो जस्तो देशमा यो समस्या आएको हो ।’उनले भनिनर्् आफ्नो हक सम्पतीमा नलाग्ने भएर नै महिलाहरुले जड्हा श्रीमानको सिकार हुनु परेको छ ।’
र्
हामीले गाँउघरमा भएका समस्याहरुलाई खासै ध्यान दिदैनौ तर सबै भन्दा बढि महिला हिंसाका घटनाहरु गाँउघरमा नै भएका हुन्छन्’ मन्त्री केसीले भनिन् र्। गाउँघरमा त जुन पुरुषले महिला माथि अत्यार ग¥यो त्यो पुरुष त्यो गाँउको बहादुर कहलीन्छ, यसको अन्त गर्नको लागी गाँउबाटै नै हिंसाको अन्त गर्नु पर्छ ।’ 
सुर्खेत सेतिबराह मिडिया प्रमोशन प्रा.ली संचार क्लवले आयोजना गरेको १६ दिने महिला हिंसा विरुद्धको अभियान कार्यक्रममा सहभागी मन्त्री के.सीले कार्यक्रम आयोजना गर्ने संघ सस्थाले पनि सकरात्मक कुराको प्रचार गर्नु पर्ने बताईन् । 

महिला अधिकार कर्मी मधुरानी ढकालले पहिलेको भन्दा अहिले महिला हिंसाका घटनाहरु दोब्बरले बढेको बताईन र्।  पहिला महिलाहरुले अधिकारको बारेमा बुझेका थिएनन् अहिले अधिकार के हो भन्ने बुझिसकेका छन् ।’ उनले भनिर्न महिला माथि हुने हिंसाको घटनाहरु पछिल्लो समयको सामाजिक अभियानले गर्दा केहि सुधार भएको भए पनि अझै पनि गाँउ तिर महिला माथिको हिंसा झन् बढको छ ।’

वीरेन्द्रनगर नगरपालीका कार्यपालीका सदस्य यमुना नेपालीले लैङ्गिक हिसावले महिला र पुरुष बिच बिभेद त छ तर त्यस भित्र पनि दलित महिलाको अबस्था झन् नाजुक भएकोे बताईन् । दलित महिलाहरुलाई घर भित्रबाट चुनौती शुरु हुन्छ भन्दै नेपालीले दलित महिलाको बारेमा सरकारले छिटो निति बनाउनु पर्ने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर