सागमा स्वर्ण जितेका खेलाडीलाई प्रदेश ३ सरकाले १ लाख दिने

रजत जित्नेलाई ५० हजार र कांस्य जित्नेलाई २५ हजारसहित सम्मान गरिने

काठमाडौं । प्रदेश ३ सरकारले जारी १३औं एसियाली खेलकुद प्रतियोगिता (साग) मा प्रदेशबाट पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ । प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले फेसबुक स्टाटस लेख्दै यस कुराको जानकारी दिएका छन् । 

प्रदेश सरकारको आज बसेको बैठकले जारी १३औं सागमा प्रदेश ३ बाट स्वर्ण जितेका खेलाडीलाई जनही १ लाख, रजत जित्ने खेलाडीलाई ५० हजार तथा कांस्य पदक जित्ने खेलाडीलाई २५ हजार दिने भएको हो । 

प्रदेश सरकारलाई खेलाडीलाई नगदसँगै सम्मान पनि गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर