नेपालमा किन बन्द भयाे उत्तर कोरियाकाे लगानी ?

काठमाडाै‌ । सरकारले उत्तर कोरियाली मुलुकका नागरिकले नेपालमा सञ्चालन गरेका व्यवसाय बन्द गराएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले पारित गरेको प्रस्तावअनुसार उत्तर कोरियाली लगानीका व्यवसाय बन्द गरेर लगानीकर्तालाई फिर्ता पठाएको हो ।

नेपालमा उत्तर कोरियाली लगानीका सबै व्यवसाय बन्द भएको उद्योग विभागका उपनिर्देशक प्रेम लुइँटेलले बताए । ‘संयुक्त राष्ट्र संघको निर्णय अनुसार लगानी फिर्ता गर्न निर्देशन दियौं,’ उनले भने, ‘अब नेपालमा उत्तर कोरियाको कुनै लगानी छैन ।’

उद्योग विभागले व्यवसाय बन्द गरेर लगानी फिर्ता गर्न निर्देशन दिँदै अक्टोबर ३० पछि लगानीकर्ता र कामदारको भिसाको समय नथप्न अध्यागमन विभागलाई निर्देशन दिएको थियो ।

त्यसपछि अध्यागमनले भिसा थप गरेको छैन । केही लगानीकर्ताले अटेर गरेका थिए । उद्योग विभाग र अध्यागमनका अधिकारीले गतहप्ता दरबारमार्गमा रहेको बाटोङहाङ रेस्टुरेन्ट बन्द गराएका छन् ।
४८ जना उत्तर कोरियाली नागरिकले बिजनेस तथा कामदार भिसा लिएका थिए । ४२ जना फिर्ता भइसकेको अध्यागमन विभागका निर्देशक लिलाधर अधिकारीले बताए । अब ६ जनामा बाँकी रहेकाले छिटो प्रक्रिया पु¥याएर उनीहरूलाई पनि पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।

नेपालमा ४० भन्दा बढी मुलकले प्रत्यक्ष वैदेशिक लगानी गरेका छन् । विभागका अनुसार अहिलेसम्म कुल चार अर्ब ७० अर्ब ७७ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत गरिएको छ । गत असारसम्म चार हजार आठसय २७ उद्योगका लागि तीन खर्ब ८८ अर्ब २० करोड रुपैयाँ विदेशी लगानी स्वीकृत गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर