पीपीएल फ्रेन्चाइजी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक (तालिकासहित)
काठमाडौं । पोखरा प्रिमिएर लिग फ्रेन्चाइजी क्रिकेट प्रतियोगिताको दोस्रो सस्करणको खेल तालिका सार्वजनिक भएको छ ।
प्रतियोगिताको उद्घाटन खेल आगामी २८ गतेको दिन बिहान साढे ११ बजे पोखरा रंगशालामा हुनेछ । जसमा पोखरा पल्टन्स र काठमाडौं गोल्डेन्स आमने सामने हुँदैछन् । प्रतियोगिताको दोस्रो दिन दुई वटा खेल हुनेछ । पहिलो खेल बिहानको ९ बजे हुनेछ ।
जसमा बिराटनगर टाइटन्स र धनगढी ब्लुज प्रतिस्पर्धा गर्नेछन् । साढे १२ बजे हुने खेलमा काठमाडौं गोल्डेन्स र बुटवल ब्लास्टर्स विच प्रतिस्पर्धा हुनेछ ।
यस्तै तेस्रो दिनको पहिलो खेलमा पोखरा पल्टन र चितवन राइनोज खेल्नेछ । प्रतियोगिताको ट्रफि सार्वजनिक शुक्रबार गरिने आयोजकले जनाएका छन ।
प्रतिकृया दिनुहोस