• सोमबार ११-१२-२०७६/Monday 02-24-2020/ 07:59 pm

भारी हिमपातको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

काठमाडौं । इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली आज साँझसम्म नेपालको पश्चिमी भूभागमा प्रवेश गर्ने भएको छ । उक्त प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपाउन मौसमविद्ले आग्रह गरेका छन् । यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु वासीले बताए ।

सोही प्रणालीको प्रभावले देशैभरि बदली भई अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै यस प्रणालीका कारण देशका पश्चिमी भूभागका धेरै स्थानमा र मध्य र पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको बताइएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हालसम्म नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकास नभए पनि रातिदेखि भने पश्चिमी न्यूनचापीय प्रणाली विकास हुनेछ । महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी र मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुने बताएको छ । मौसमविद्का अनुसार यो क्रम आगामी शुक्रबारसम्मै जारी रहनेछ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरियामा रहेका नेपालीको स्वास्थ्य सुरक्षामा कांग्रेसको चासो

  • १२ फाल्गुण, २०७६

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरियामा रहेका नेपालीको ‘कोरोना भाइरस कोबिड १९ को सङ्क्रमणबाट सुरक्षामा उच्च सर्तकताका

वडाध्यक्ष पौडेललाई अनशन तोड्न नौ दलको आग्रह

  • १२ फाल्गुण, २०७६

चितवन । माडीवासीका मागलाई लिएर अनशनरत माडी नगरपालिका वडा नं १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेललाई अनशन तोड्न नौ राजनीतिक दलले आग्रह गरेका छन्

कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गर्ने सरकारको तयारी

  • १२ फाल्गुण, २०७६

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू