• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

स्टिभ जब्सले हस्ताक्षर गरेको फ्लपी डिस्क १ करोडमा बिक्री 

वासिङटन । एपलका सहसंस्थापक स्टिभ जब्सको हस्ताक्षर रहेको एक फ्लपी डिस्क करिब १ करोड रुपैयाँमा बिक्री भएको छ । यो फ्लपी डिस्कलाई लिलामीमा राखेको कम्पनीले यसको मूल्य करिब ९ लाख रुपैयाँ मूल्य तोकेको थियो । 

डिसेम्बर ४ मा गरिएको लिलामीमा यो फ्लपी डिस्कको लिलामीमा राखेको मूल्यभन्दा करिब एक हजार प्रतिशत नाफामा बिक्री गरिएको छ । यो फ्लपी डिस्कमा एपलको म्याकोन्टोज सिस्टम टुल्स भर्सन ६.० को एक कपी सेभ छ । डिस्कको लेबलमा कालो मसीले स्टिभ जब्सको हस्ताक्षर छ । 

अक्सन हाउसको वेबसाइटमा लेखिएअनुसार यो फ्लपी डिस्क अझै पनि राम्रो अवस्थामा छ यसमा मसीको मार्क छ । यसअघि स्टिभ जब्सको हस्ताक्षर गरिएको ‘टाय’ नामक कथानक चलचित्रको पोस्टर पनि लिलामी गरिएको थियो । त्यो पोस्टरको मूल्य २५ हजार डलर तोकिएको थियो । मोस्टर ३१ हजार दुई सय पचास डलरमा बिक्री भएको थियो । 

अक्सन कम्पनीको लिस्टिङमा दिइएको जानकारीअनुसार जब्स एकदमै कम मात्र हस्ताक्षर गर्ने गर्छन् । डिसम्बेर २०१८ मा पल फ्रेसरको कलेक्टिबल्स अटोग्राफ इन्डेक्समा के दाबी गरिएको थियो भने स्टिभ जब्सको अटोग्राफको मूल्य ५० हजार डलरभन्दा बढी छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर