• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

कञ्चनपुरमा हात्तीको आक्रमणबाट फेरि एकजना घाइते

कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको २४ घण्टा नपुग्दै फेरि एकजना घाइते भएका छन् । जिल्लाको वेदकोट नगरपालिका–२ मा बुधबार राति हात्तीको आक्रमणबाट एक वृद्ध घाइते भएका छन् । वडा नम्बर २ को मुक्त कमैया शिविरमा बस्दै आएका ७० वर्षीय वृद्ध सीताराम डगौँरा हात्तीको आक्रमणबाट घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्रबहादुर चन्दले जनचेतना सामुदायिक वनबाट बस्तीमा छिरेको हात्तीको बथानले राति घरमा सुतिरहेका अवस्थामा डगौँरामाथि आक्रमण गरी घाइते बनाएको जानकारी दिए। डगौराको महाकाली अस्पतालमा उपचार भइरहेको उनले बताए ।

यसअघि बुधबार बिहान जिल्लाको महाकाली नगरपालिकामा हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको थियो भने चारजना घाइते भएका छन् । घाइतेको भारतको खटिमामा उपचार भइरहेका प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर