• २०८१ बैशाख २२ शनिबार
  • Saturday, 4 May, 2024

च्याम्पियन्स लिगः क–कसले स्थान बनाए अन्तिम १६ मा ?

एजेन्सी । युइएफ च्याम्पियन्स लिगका समूह चरणका खेल सकिएका छन् । बुधबार राति आठ टोलीले प्रतिस्पर्धा गरेसँगै लिगका समूह चरणका खेल सम्पन्न भएका छन् । समूह चरणका खेल समाप्तिसँगै अन्तिम १६ को टुंगो लागेको छ । 

च्याम्पियन्स लिगको समूह चरणमा ३२ क्लबमध्ये जर्मन क्लब बायर्न म्युनिख मात्र अपराजित रह्यो । उसले समूह चरणका  सबै खेलमा शतप्रतिशत नतिजा पस्कियो । त्यस्तै, इंग्लस क्लब लिभरपुल एक खेलमा पराजित, एक खेलमा बराबरी तथा चार खेलमा विजयी भयो । 

अन्तिम १६ मा स्थान बनाएका क्लब (क्रमशः समूह विजेता र उपविजेता

समूह एः पिएसजी र रियल मड्रिड

समूह बीः बायर्न म्युनिख र टोटनह्याम

समूह सीः म्यानचेस्टर सिटी र एटलान्टा

समूह डीः युभेन्टस र एट्लेटिको मड्रिड

समूह इः लिभरपुल र नापोली

समूह एफः बार्सिलोना र बोरुसिया डर्टमन्ड

समूह जीः लेइपजिग र लियोन

समूह एचः भ्यालेन्सिया र चेल्सी
 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर