राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई ट्राफिक नियमको तालिम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले समुदाय-प्रहरी साझेदारी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बैंकको केन्द्रिय कार्यालयमा भएको कार्यक्रममा कर्मचारीलाई सम्भावित दुर्घटनाबाट जोगिन र अरुलाई पनि जोगाउन उपयोगी हुने ट्राफिक सचेतना कक्षा दिइएको हो ।

पूर्वट्राफिक प्रहरी निरीक्षक एवं ट्राफिक भोलिन्टीयर सिताराम हाछेथुले बैंकका कर्मचारीलगायतलाई ट्राफिक नियमका बारेमा जानकारी दिएका थिए ।

प्रहरी प्रधान कार्यालयले ट्राफिक सेवामा करिब तीन दशक काम गरिसकेका पूर्वप्रहरी निरीक्षक हाछेथुलाई यस्ता सचेतना कक्षामा स्वयंसेवकका रुपमा खटाएको छ । हाछेथुले भिडियोमार्फत ट्राफिक नियमबारे प्रशिक्षण दिए । उनले सडक प्रयोगकर्ता सबैले जान्नु पर्ने ट्राफिक नियम, सडकमा अपनाउनुपर्ने सावधानी, दुर्घटना हुनसक्ने सम्भावित कारण लगायतका विषय सामग्री प्रस्तुत गरे ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले कर्मचारीको सुरक्षाको लागि विभिन्न कार्यक्रममार्फत ध्यान दिइरहेको बताए ।

उक्त तालिम कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, केशवप्रसाद लम्साल, उपकार्यकारी अधिकृतकहरू सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखलगायत २०० भन्दा बढी कर्मचारीहरूको उपस्थिति थियो । 

कार्यक्रम ब्रान्च अपरेशन विभागका उपप्रबन्धक जितेन्द्रसिंह थापाले सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर