बेरोजगार हुनुहुन्छ ? राष्ट्रिय अनुसन्धान विभागले माग्यो २३२ जना कर्मचारी

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले दुई सय ३२ जना कर्मचारी मागेको छ । शुक्रबार सूचना प्रकाशित गर्दै विभागले रिक्त सहायक सूचक पदका लागि दरखास्त आह्वान गरेको हो।
एसएलसी वा एसइई उत्तीर्ण, १८ वर्ष पुरा भई २५ वर्ष ननाघेकानेपाली नागरिकले यस पदमा आवेदन दिन सक्नेछन् ।
विभागले आवेदन दिने मिति माघ १९ गतेसम्म ताकेको छ । माघ २० देखि माघ २६ गतेभित्र भने दोब्बर दस्तुर तिरी दर्खास्त दर्ता गर्न सकिनेछ।
विभागका अनुसार आवेदनका लागि परीक्षा दस्तुर एक सय ५० रुपैयाँ र समावेशी समूहका लागि भने थप ३० रुपैयाँ लाग्नेछ ।
योग्यता पुगेकाले विभागको वेबसाइट http://nidept.gov.np/ मा अनलाइनबाट आवेदन भर्न सक्नेछन् । लिखित परीक्षा, स्वास्थ्य परीक्षण र अन्तर्वार्ताबाट कर्मचारी छनोट गरिने छ ।
माग गरेका सूचकमध्ये १०४ जना समावेशी समूहबाट छनोट गर्ने विभागले जनाएको छ ।
प्रतिकृया दिनुहोस