• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

बाँस्कोटा टेप प्रकरण–सचिवालय बैठक बोलाउने नेकपाको तयारी

ओलीसंग छलफलका लागि प्रचण्ड बालुवाटारमा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कमिशन बार्गेनिङ अडियो सार्वजनिक भए पछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री रहेका ओलीसँग छलफल गर्न अर्का अध्यक्ष दाहाल बालुवाटार पुगेका छन् ।

सेक्युरिटी प्रिन्टिङ खरीद प्रक्रियामा स्वीस एजेन्ट बिजयप्रकाश मिश्रसँग मन्त्री बाँस्कोटाले बार्गेनिङ गरेको अडियो विभिन्न सञ्चार माध्यममार्फत् सार्वजनिक भएको छ ।

अध्यक्ष द्वयको छलफल पछि सचिवालयको बैठक बोलाउने संभावना रहेको बालुवाटार स्रोतले जनाउृको छ । प्रकरणपछि पार्टीभित्रैबाट  मन्त्री बाँस्कोटालाई राजीनामा गराउनुपर्ने दबाव सिर्जना भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर