• शनिबार १२-१५-२०७६/Saturday 03-28-2020/ 01:41 pm

जनयुद्धमा प्रचण्डले प्रयोग गरेको घर अब पर्यटकका लागि आकर्षण

'उक्त क्षेत्र मुलुकको परिवर्तनका लागि भएको जनयुद्धको साक्षी'–ऊर्जामन्त्री पुन

रोल्पा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माओवादी जनयुद्धका बेला बसेको घरलाई युद्ध पर्यटन क्षेत्र घोषणा गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सोमबार आयोजित एक कार्यक्रमबीच त्यो क्षेत्रलाई ‘युद्ध पर्यटन क्षेत्र’ घोषणा गरेका हुन् ।

 रोल्पाको राङ्सीको घर र आसपास क्षेत्रलाई समेटेर ‘युद्ध पर्यटन क्षेत्र’ घोषणा गरिएको हो । कार्यक्रममा मन्त्री पुनले जनयुद्धका क्रममा प्रचण्ड बसेको घर नेपालको राजनीतिक परिवर्तनका लागि भएको जनयुद्धको साक्षी भएको बताए ।

उनले भने, 'परिवतर्तित सन्दर्भमा आफूहरुले त्यस घरलाई जनयुद्धमा सहभागी भएकाहरुको मात्र नभइ राजतन्त्रको अन्त्य र गणतन्त्र, संघीयता, समावेशीतासहितका लागि भएका आन्दोलनहरुको बिम्ब र प्रतिक बनाउन चाहेका हौ । '

मन्त्री पुनले तत्कालिन सात दल र माओवादीबीच १२ बुँदे सहमतिमा हस्ताक्षर हुनुअघि भएको चर्चित रोल्पा वार्ताका लागि आएका तत्कालीन एमाले नेताहरु वामदेव गौतम र युवराज ज्ञवालीलाई त्यही घरमा प्रचण्डले भेटेको उनले बताए । 

उनले तत्कालिन समयमा प्रयोगमा आएका खाट, खाना पकाउने र खाने भाँडा दस्तावेज सबै युद्ध पर्यटन केन्द्रमा सर्वसाधारणका लागि प्रदर्शनीमा राखिने जानकारी दिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
suresh gautam लेख्नुहुन्छ १२ फाल्गुण, २०७६ ९:३५ pm

अनि प्रयोगमा आएका जनताको के छ हालवर ?

तपाईँको मत

मानव जातीको एकता, राष्ट्रको एकता र उच्च मनोवलले हामी विजयी हुनेछौं–प्रचण्ड

  • १५ चैत, २०७६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वमा महामारीको रुपमा फैलँदै गएको कोभिड १९ (कोरोना

कोरोना फैलन नदिन सरकारको निर्णयः अन्तर्राष्ट्रिय उडान बन्ददेखि लकडाउनसम्म

  • १५ चैत, २०७६

काठमाडौँ । चीनको हुवेइ प्रान्तको बुहान शहरबाट शुरु भएको कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएपछि हाल आधा विश्व लकडाउन छ । बुहानबाट सन् २०१९

कोरोना कहर : कसरी काम गर्दैछन् नेपाली मिडिया ?

  • १५ चैत, २०७६

काठमाडौं । विश्वमा महामारीको रुपमा फैलँदै गएको कोभिड १९ (कोरोना भाइरस) काे संक्रमण देखिएसँगै नेपाल सरकारले पनि अघिल्लो मंगलबारदेखि देशैभर