• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

पाल्पाको रिब्दीकोट ७ पालुङको सिंगो गाउँमा खानेपानी सुविधा

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाले एक घर एक धारा अभियान अन्तरगत वडा नं ७ को सिंगो गाउँमा खानेपानीको सुविधा पुर्याइएको छ । घर घरमा खानेपानी सुविधा भएसंगै स्थानीयलाई दुईघण्टा लगाएर खानेपानी बोक्नुपर्ने बाध्यता घटेको छ भने पानी बोक्न नपरेपछि स्कुले बालवालिकाको शिक्षाको गुणस्तरमा समेत बृद्धि भएको छ । 

रिब्दीकोट गाउँपालिका ७ पालुङका स्थानीयको वषौदेखिको खानेपानी समस्या समाधान गर्न गाउँपालिका सफल भएको गाउँपालिकाले जनाएको छ । नेपाल सरकारको एक घर एक धारा निती अनुसार गाउँपालिकाले एक करोड बढीको लागतमा चुर्पुकधारा लिफ्टिङ खानेपानी आयोजनामार्फत पालुङका ६५ घरधुरीमा खानेपानी सुविधा पर्याएको हो ।

गतवर्ष सुरु भएको आयोजना पुरा भएसंगै दुईघण्टा बढी समय लगाएर पानी बोक्नुपर्ने बाध्यता हटाउन गाउँपालिका सफल भएको रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्यालले बताए ।  उपभोक्ताको सक्रिय सहभागितामा समयमै खानेपानीको सुविधा पुगेको अर्यालले बताए । पानीको पहुँच भएसंगै सिंगो गाउँमा किसानलाई कृषि पेशामा आवद्ध बनाउने सोच गाउँपालिकाको रहेको छ ।  

लामो समयदेखि पानीको चरम समस्या खेप्दै आएका यहाँका स्थानीय बालवालिकाहरु पनि बिहान बेलुका पढ्ने समयमा पानी बोकेर विताउने गर्दथे भने हाल घर घरमा धारा आउन थालेपछि वालबालिकाको शिक्षामा समेत सुधार भएको खमेपानी आयोजनाको अध्यक्ष बमबहादुर अर्घालीले बताए । उनले घरमा पानीको समस्या हुदाँ बाल बालिकालाई बिहान बेलुका पढ्ने समयमा पानी बोक्न पढाउनुपर्ने बाधयता हटेको बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर