• मंगलबार १२-१८-२०७६/Tuesday 03-31-2020/ 03:47 am

इरानी स्वास्थ्यमन्त्रीलाई कोरोनाभाइरस सङ्क्रमण

इरान । इरानमा कोरोना भाइरसको सङ्क्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । 

इरानका उप–स्वास्थ्य मन्त्रीलाई नयाँ कोरोना भाइरस सङ्क्रमण भएको मन्त्रालयका एक अधिकारीले मङ्गलबार बताए । इस्लामिक गणतन्त्रमा कोरोना भाइरसले ठूलो प्रकोपको रूप लिइसकेको उनले बताए । इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको यो पहिलो घटना हो ।

स्वास्थ्य मन्त्रीका सञ्चार सल्लाहकार अलिरेजा वाहबजादेहले ट्वीटमा भने, ‘कोरोना भाइरसविरूद्ध अग्रमोर्चामा रहेर सङ्क्रमित अन्य नागरिकको सहयोगमा जुटिराखेका उप स्वास्थ्य मन्त्री हरिर्चीको कोरोनाभाइरस सङ्क्रमण परीक्षण भएको र परीक्षणमा सङ्क्रमण पुष्टि भएको छ ।’

वाहबजादेहका अनुसार उप–स्वास्थ्यमन्त्री इरज हरिर्चीले सरकारका प्रवक्ता अलि रबिएसँगै सोमबार गरेको पत्रकार सम्मेलनका दौरानमा पटक पटक खोकेका थिए भने पसीना बगाएको देख्न सकिन्थ्यो । लक्षणका आधारमा उहाँलाई अस्पताल पु¥याइएको थियो जहाँ उनलाई भर्ना गरी उपचार सुरू भएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भारतमा कोरोना संक्रमित एक हजार नाघ्यो, ‘लकडाउन’ नलम्बिने

  • १७ चैत, २०७६

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमितको संख्या एक हजार २४ जना पुगेका छन् भने मृत्यु हुनेको संख्या २७ जना पुगेको छ । यसबीच भारतमा अहिले लागु भएको

भुटानमा २१ दिने ‘लकडाउन’ लागु

  • १७ चैत, २०७६

एजेन्सी । भुटानमा लकडाउनको अवधि बढाएर २१ दिने बनाइएको छ । सोमवार घोषणा गरेको २१ दिने लकडाउन मंगलवारदेखी लागु हुने भएको छ।  भुटानका प्रधानमन्त्रीको

‘अमेरिकामा कोरोनाका कारण दुई लाखको मृत्यु हुनसक्छ’ 

  • १७ चैत, २०७६

एजेन्सी । अमेरिकी सरकारका एक जना सरुवा रोग विज्ञले कोरोनाभाइरस महामारीबाट अमेरिकामा दुई लाखको ज्यान जानसक्ने र दशौँलाख संक्रमित हुनसक्ने चेतावनी