• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

अमेरिकाको विस्कन्सिन राज्यमा बन्दुकधारीको गोली प्रहारबाट पाँच जनाको मृत्यु

एजेन्सी । अमेरिकाको विस्कन्सिन राज्यमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँचजनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । आक्रमणकारी ५१ वर्षका स्थानीय बासिन्दा रहेको उल्लेख छ। गोली चलाउनुको कारण खुल्न सकेको छैन ।

विस्कन्सिनको मिल्वोकीमा रहेको मोल्सन कूर्स ब्रूइङ्ग कम्पनी परिसरमा ति आक्रमणकारीले गोल चलाएका हुन् । 

आक्रमणकारीको ‘सेल्फ–इन्फेक्टेड वुण्डस्’ कारण मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्।  आक्रमण भएका बेला कम्पनीमा सयौँ कर्मचारी कार्यरत थिए ।

मिल्वोकी शहरका मेय टम बारेट्टले आफ्नो शहरको इतिहासमा यो घटना अति दुःखद रहेको बताएका छन्।

गोलीकाण्डमा मारिने पाँचै जना कम्पनीका कर्मचारी रहेको मिल्वोकी प्रहरीले जनाएको छ । मोल्सन कूर्सले कूर्स र मिलर बियर उत्पादन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर