• शनिबार १२-१५-२०७६/Saturday 03-28-2020/ 02:49 pm

प्रतिनिधि सभाको आजको बैठकमा सात वटा विद्येयक पेश हुने

काठमाडौं। प्रतिनिधि सभाको आजको बैठक दिउँसो एक बजे बस्दैछ। आजको बैठकमा सात वटा विद्येयक पेश गरिने कार्यसूची रहेको छ ।  बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न विधेयकहरू छलफल तथा पारितका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संघ, प्रदेश र स्थानीय तह (अन्‍तरसम्बन्ध व्यवस्थापन) विधेयक विचार गरियोस्’ प्रस्ताव गर्ने कार्यसूची छ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संशोधित सैनिक विधेयक विचारका लागि प्रस्ताव गर्दै छन्। त्यस्तै अर्थ एवं सञ्चार सूचना तथा प्रविधि मन्त्री युवराज खतिवडाले नेपाल राष्‍ट्र बैंक तेस्रो संशोधन विधयक, धितोपत्रसम्बन्धी पहिलो संशोधन विधेयक विचारका लागि पेस गर्ने सम्भावित कार्यसूची छ।

अर्थमन्त्री खतिवडाले अर्थसमितिको प्रतिवेदन सहितको नागरिक लगानी कोषको संशोधित विधेयक पारितका लागि प्रस्ताव गर्ने छन्।

भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङले नेपाल इन्जिनियरिङ परिषद्को संशोधित विधेक दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने छन्।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सिआईएले कोरोना रिपोर्ट तयार गरेको रहस्य रसियन प्राब्धाले १५ वर्ष अघि खोलेको थियो 

  • १५ चैत, २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट यतिबेला विश्वनै आक्रान्त भइरहेको छ । यो भाईरसबारे विश्वभरी नै विभन्न अड्कलबाजीहरु भइरहेका छन् । यो जैविक हो कि

नेपाल एयरलाइन्सको विमान दुर्घटना

  • १५ चैत, २०७६

काठमाडौं । नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । काठमाडौंबाट कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा

मानव जातीको एकता, राष्ट्रको एकता र उच्च मनोवलले हामी विजयी हुनेछौं–प्रचण्ड

  • १५ चैत, २०७६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वमा महामारीको रुपमा फैलँदै गएको कोभिड १९ (कोरोना