चितवन ट्राफिकद्वारा रात्रीकालिन चेकजाँचमा कडाई, चालकहरुको अनुगमन सुरु

चितवन । सडक दुर्घटना दिनदिनै बढ्दै गएपछी बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले दुर्घटना न्युनिकरणका लागि ट्राफिक कम्युनिकेशन एप मार्फत लामो दुरीको सवारी साधनका चालकहरुको अनुगमन थालेको छ । 

दिनदिनै डिक दुर्घटना बढ्न थालेपछी दुर्घटना न्यूनिकरणका लागि विभिन्न कामहरु गर्दै आईएको   कार्यालयका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले बताए । उनले सडक दुर्घटना न्यूनिकरणका लागि अन्य विभिन्न कार्यक्रमहरु पनि  सञ्चालन भैरहेको बताएका छन् । कार्यालयले दुर्घटना लक्षित गरेर तीन महिने विशेष अभियान सञ्चालन गरेको एसपी प्रकाश रानाभाटले बताएका छन् ।

पछिल्लो समय बढ्दै गएको दुर्घटना र हुन सक्ने सम्भावित दुर्घटना न्यूनिकरणका लागि योजनावद्ध रुपमा तीन महिने कार्यक्रम सञ्चालन गरेको उनले बताए । कार्यक्रम लागू भएपछि दूर्घटनाको दरमा कमी आएको भन्दै एसपी रानाभाटले सचेतनामूलक कार्यक्रम गरिरहेको बताए । चालकहरुलाई हार्दिकतापूर्वक सवारी साधन हाँक्नका लागि चालककै सिटमा गएर फूलको गुच्छा दिने दुर्घटनाप्रति संवेदनशील हुन आग्रह गर्ने काम गरेको एसपी रानाभाटले बताए । 

नेपालका विभिन्न २० वटा गन्तव्यबाट ट्राफिकले उनीहरुको फोटो सहित, सवारी साधनको विवरण यात्रुको संख्या, चालकको लाइसेन्स नम्बर, कहाँबाट कहाँ जाने सबै विवरण राखेर अपडेट हुने र त्यो अपडेटलाई रामनगरमा चेक गर्ने एस पी रानाभाटले बताए । चालक परिवर्तन नभएको पाएमा त्यस्तो चालकलाई कारबाही गरिने रानाभाटले बताए । यस्तो गर्दा सवारी साधन दुर्घटनामा ९० प्रतिशत कमी आएको एसपी प्रकाश रानाभाटको भनाइ छ । 

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले रात्रीकालिन चेकजाँचमा कडाई गरेको छ । चालु आर्थिक वर्षमा अत्याधिक सवारी दुर्घटना हुने क्रम वढेपछि रात्रिकालिन चेकजाँचमा कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । 

चालु आर्थिक वर्षको माघ महिनाको २० गते सम्म १८३ वटा सवारी दुर्घटनामा परि ८२ जनाले ज्यान गुमाई सकेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर