• शनिबार १२-२२-२०७६/Saturday 04-04-2020/ 10:48 am

लगातारको हिउँदे वर्षाले किसान हर्षित

महोत्तरी ।  यसपालि हिउँदमा महिनैपिच्छे वर्षा भइरहेपछि महोत्तरीका किसान हर्षित भएका छन् । पछिल्लोचोटि बितेको फागुनमा मात्र तीनपटक वर्षा भएको छ । फागुन पहिलो, तेस्रो साता र मसान्तका दिन यस भेगमा तीनपटक पानी परेको हो । 

यसपालि हिउँदका पुस, माघ र फागुनमा  पानी परेकाले बालीनाली राम्रो हुने किसानको विश्वास छ । हल्का हिउँदे वर्षाले जग्गाको चिस्यान लामो समयसम्म रहने किसान बताउँछन् । साथै उखु, फलफूल र तरकारी बाली हुर्काउन, बढ्न र गाँजिन मद्दत गर्ने किसानको भनाइ छ । यसपालि पुस र माघमा परेको पानीले गहुँ बाली राम्रो फलेको बर्दिवास नगरपालिका–९ पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहा बताउँछन्।

 हिउँदे वर्षाले आँप, लिचीसहितका फलमा मज्जर ९मञ्जरी, फूल० स्वस्थ्य राख्न, चिचिला राम्रो र भरिलो लाग्न मद्दत गर्ने किसानले बताएका छन् । समय÷समयमा भइरहेको वर्षाले आँपमा लागेको मधुवा नियन्त्रणमा पनि मद्दत गरेको गौशाला नगरपालिका–१ का श्याम शाशङ्कर बताउँद्धन् ।

शुक्रबारको वर्षाले फागुन मसान्तताका ह्वात्तै बढेको गर्मी घटाएको छ । यद्यपि सडक र ढलका काम राम्ररी नहुँदा जिल्लाका मुख्य सडकसँगै ग्रामीण सडक भने हिलाम्य भएका छन् ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कञ्चनपुरमा कोरोना संक्रिमतको मृत्यु भएको अफवाह फैलाउने युवक पक्राउ

  • २२ चैत, २०७६

कञ्चनपुर । कोरोना भाइरस (कोभिड–१९) बारे सामाजिक सञ्जालमा अफवाह फैलाउने कञ्चनपुरका एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक

पोखरा महानगरको राहत कोषमा प्याब्सनको पाँच लाख

  • २२ चैत, २०७६

चिप्लेढुङ्गा ।  पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा निजी विद्यालयको छाता संस्था प्याब्सन कास्कीले रु पाँच लाख सहयोग गरेको छ । प्याब्सन

जाजरकोटका अधिकांश औषधि पसल बन्दः घण्टौँ हिँडेर औषधि किन्न बाध्य

  • २२ चैत, २०७६

जाजरकोट  । अत्यावश्यक सेवाअन्तर्गत निजी अस्पताल र औषधि पसल पनि पर्छन् । तर लकडाउनको अवसर पारेर यहाँका अधिकांश औषधि पसल बन्द भएका छन् । कोरोना भाइरस