कञ्चनपुरमा लाठी प्रहारबाट श्रीमतीको हत्या

कञ्चनपुर । कञ्चनपुरमा लाठी प्रहारबाट श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको  पुनर्वास नगरपालिका ८ क गाउँमा ६३ वर्षीया श्रीमान सफली बयाडीले आफ्नै श्रीमती ६० वर्षीया खन्जरी बयाडीलाई लाठी प्रहार गरि हत्या गरेको पहरीले जनाएको छ ।

मदिरा सेवनले लट्ठ भएका सफली बयाडीले आइतबार राती ९ बजे तिर श्रीमतीसंग विवाद गरि टाउकोमा लाठी प्रहार गरेर घाइते बनाएको परिवारले जनाएको छ ।

श्रीमानको कुटाइबाट घाईते भएकी खन्जरीलाई उपचारको लागि पुनर्वासकै स्थानीय पोलिक्लिनिकमा लगिएको अवस्था गम्भीर देखिएपछी धनगढी रेफर गरिएको तर उपचार धनगढीमा पनि नहुने भएपछी नेपालगन्ज र्पुयाएको थियो ।

नेपालगन्ज र्पुयाएपनी अस्पतालले डिस्चार्ज गरेपछी घर ल्याउदै गर्दा बाटोमा मृत्यु भएको जनाएको छ ।

घटनाको अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिहले जानकारी दिए । मृतकको शब पोष्टमार्टको लागी सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर