• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

तीन दिन पछि 'ब्युँझियो' एमाले, दाहालको अभिब्यक्तिकाे बाहानामा 'बजेट बिथाेल्ने खेल'

काठमाडौं । आजको प्रतिनिधिसभाकाे बैठक एमाले सांसदहको अवरोधका कारण स्थगित भएको छ । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले बुधबारको बैठकमा दिएको अभिब्यक्तिलाई लिएर एमाले सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।

आगामी आर्थिक वर्षको बजेटका लागि रू १६ खर्ब ८८ अर्ब ४० करोडको सीमा (सिलिङ) राष्ट्रिय योजना आयोगले तोकेको छ । मध्यमकालीन खर्च संरचनासहित तयार पारिएको आगामी आर्थिक वर्षको बजेट सिलिङ चालु आर्थिक वर्षको विनियोजित बजेटभन्दा एक खर्ब पाँच अर्ब ४३ करोडले कम रहने गरि सरकाले ल्याउन लागको बजेटमा अबरोध पुर्याउने खेलका साथ एमाले लागि परेकाे सत्तारूढ दलले शंका गरेकाे छ  । संविधान अनुसार जेठ १५ गते बजेट ल्याउनु पर्दछ ।

बुधबारको बैठकमा सांसद सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरीको ठाउँमा पित्तल राखेको र पशुपतिबाट ११ किलो सुन गायब भएको बताएका थिए । यो विषयमा बुधबार नेकपा (एमाले)का सांसद्हरुले नियमापत्ति केही नगरी शुक्रबार आएर बैठक अवरुद्ध गरेका हुन् ।  

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वार्षिक नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको जवाफ दिने र  शुक्रबार नै प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पास गर्ने सूची रहेको थियो । तर, एमालेको अवरोधका कारण संसद सचिवालयको कार्यसुचि अनुसार संसद अगाडी बढ्न सकेन । 

संसदमा बुधबार बोलेको कुरामा शुक्रबार आएर एमाले झस्कनिुलाई संसद अबरोध गरेर १५ गतेको बजेटलाई अबरोध गर्ने खेलमा एमाले लागेको सत्ता पक्षका एक सांसदले बताए । सरकारले जेठ १५ मा ल्याउन लागेको बजेटलाई अरोध गर्ने उदेश्यका साथ एमाले सांसदहरु यतिबेला के नउिँ पाउँ भनेर दाहालको अभिब्यक्तिलाई लिएर संसद बैठक अबरुद्ध गर्न तल्लिन रहेका ती सांसदले दावी गरे ।

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी लगाउने काम एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला भएको थियो ।

त्यो बेला नै यो विषयमा धेरै बिवादहरु भएका थिए । महालेखा परीक्षकको ५९औँ प्रतिवेदनमा पशुपतिनाथमा जलहरी लगाउने बेला सुनको एकिन विवरण नआएको विषय समेत उल्लेख गरेको छ । पशुपति मन्दिरको शिवलिंगको गर्भगृहलाई पूर्ण रुपले ढाक्ने गरेर १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजारमा खरिद भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । जसमा शुद्ध तामा दुई किलो ८९० ग्राम, चाँदी एक किलो २४९ ग्राम, जिंग १२.७५ ग्राम प्रयोगसहित १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको उल्लेख छ ।

यही विषयलाई लिएर माओवादी सांसद दाहालले ओली नेतृत्वमा रहेका समयमा भएका भ्रष्टचारको विषयहरुको पनि छानविन हुनु पर्ने धारण बुधबारको बैठकमा राखेका थिए । 

महालेखा परीक्षकको ५९औँ प्रतिवेदनमा  “निर्मित जलहरी, जलधारा, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८८२२ ग्राम रहेको बाँकी सुन १० किलो ९७६ ग्राम रिंग बनाएर जलहरीमा प्रयोग गरेको उल्लेख छ । रिंग बनाउनको लागि सात करोड ८६ लाख ४६ हजार रहेको छ । जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिणाम रिंग बनाउने काममा पुष्टि हुने विवरण पेस भएको छैन,” भनेर उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर