३ सय लिटर अवैद्य घरेलु मदिरा नियन्त्रणमा

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्लाका विभिन्न स्थानबाट विक्रिका लागि सदरमुकाम ल्याउदै गरेको घरेलु मदिरा जफत गरि नष्ट गरेको छ । तानसेन नगरपलिका १  गोर्खेकोटमा बसेको प्रहरी छड्के चेकजाँच टोलिले बगनासकाली ४ खानिछापदेखि तानसेनतर्फ आउँदै गरेको लु.१ ज २०६१ नम्बरको जीपबाट ३ सय लिटर अवैद्य घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  

जिल्लाको शान्ती र सुरक्षालाई मध्यनजर गर्दै जिल्ल प्रसाशन कार्यालयले घरेलु मदिरा विक्रि वितरण तथा ओसारप्रसारमा रोक लगाएको छ । तर मगर समुदायको बहाल्यता रहेका ग्रामीण भेगका महिलाहरु भने मदिरा उत्पादन र विक्रिबाटै दैनिकी चलाउदै आएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर