कोरोनाविरुद्ध सबैसंगै लड्न झापाका दलहरुको आह्वान

विर्तामोड । झापाका राजनीतिक दलहरुले  कोरोना भाइरसविरुद्ध  सबै  जुटेर संगै लडौ भन्ने उद्घोष र आह्वान गरेका छन् ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड –१९ (कोरोना –भाइरस) को प्रभावबाट आफू बच्न र अरुलाई पनि बचाउन दलहरुले आम नागरिकमा अपिल र सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार संवाद समुह सचिवालय विर्तामोडमा बसेको झापाका राजनीतिक दलको संयुक्त वैठकबाट कोरोनाविरुद्ध सजगता अपनाउदै अघि बढ्ने निर्णय भएको छ ।

कोरोनाको असर नेपालमा समेत पर्न सक्ने प्रवल सम्भावना देखिएकोले अनावश्यक हल्लाको पछि नलाग्न र आतंकित नहुँन आम झापाली जनतामा राजनीतिक दलको तर्फवाट अपिल गरिएको छ ।

आफूलाई कोरोना भाइरसको शंका लागेमा चिकित्सकको सल्लाह लिने , अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन , भिडमा नजान व्यक्तिगत सरसफाईमा ध्यान दिन र आफ्नै निवासमा सम्यमित भई क्वारेन्टाईनमा रहन दलहरुले आग्रह गरेका छन् ।

वैठक पछि दलहरुले संयुक्त विज्ञप्ती जारी गरी आम उपभोक्ताले अनावश्यक खाद्यान्न संचित नर्गन र उद्योगी व्यवसायीले समेत यस विषम अवस्थामा कृत्रिम अभाव र कृत्रिम मुल्य शृजित हुुन नदिने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

साथै अत्यावश्यक सेवाका प्रतिष्ठान पसल बाहेक जिल्लाका सबै हाटबजार केही दिनका लागि बन्द गरिदिएर सहयोग गरिदिन दलहरुले अपिल गरेका छन् ।

‘खुल्ला नाकाका कारणले हामी अत्यन्त शंवेसनशिल र जोखिम अवस्थामा रहेका हुँदा नेपाल सरकारले तुरुन्त खुल्ला सिमा नाकामा आवतजावतमा कडाई गर्न परिक्षणलाई मजबुद वनाउन आवश्यकिय औजार उपकरण गर्न र सुरक्षा निकाय अध्यागमन र स्वास्थ्य संस्थालाई थप सजग र उच्च सर्तकतामा रहन निर्देश गर्न आग्रह गर्दछौ’–विज्ञप्तिमा भनिएको छ –‘ प्रदेश १ मा कोरोना भाइरसको ल्याव टेष्टका लागि आवश्यक उपकरणको व्यवस्था गर्न र सम्वेदनशिल र जोखिममा काम गर्नुपर्ने चिकित्सकहरुलाई सुरक्षाका लागि आवस्यकिय सामग्री तत्काल उपलव्ध गराउन माग गर्दछौ ।’  

कोरोना भाइरस विरुद्ध लडनका लागि आवश्यक जनचेतना , सजगता , सावधानी , पूर्व तयारीमा तत्काल तिव्र रुपमा जुटन स्थानिय सरकार , स्थानिय प्रसासन , संघ संस्था , सबै राजनीतिक दल , भात्री संस्था सबैमा दलहरुले आवहान गरेका छन् ।

आम संचार माध्यम र संचार कर्मीलाई कोरोना बारे सर्वसाधारणका लागि चेतना जगाउने सामाग्रीलाई प्राथमिकता दिन दलहरुको आग्रह छ  ।

दोस्रो संयुक्त जनआन्दोलनको कोषमा रहेको सम्पूर्ण रकम यो आपतकालीन घडीमा आवश्यक तयारीका लागि खर्च गर्ने गरी मेची अंचल अस्पताल विकास कोसलाई प्रदान गर्ने दलहरुले निर्णय गरेका छन् ।

त्यस्तै सामाजिक संजाल प्रयोगकर्ताहरुलाई अनावश्यक सुचना सन्देश प्रवाह नगर्न भनिएको छ । नेपाल सरकारले कोरोना भाईरस विरुद्धमा लडन गरेका निर्णय झापाका सबै राजनीतिक दलले कार्यन्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर