• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

पाल्पामा यात्रु बोक्ने एम्बुलेन्स सहित ५१ सवारी प्रहरी नियन्त्रणमा 

पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पा र इलाका प्रशासन कार्यालय पाल्पाबाट अनुमतिबिना सञ्चालन भएका ५० बढी सवारीलाई नियन्त्रणमा लिईएको छ ।

सरकारले मंगलबार बिहान ६ बजेदेखि देशभर अत्याश्यक कामका लागिमात्र घरबाट बाहिर निस्कन तथा सवारी चलाउनका लागि जिल्ला प्रशासन कार्यालयको स्विकृत लिनुपर्ने भनेपनि सोको उल्लघन गरि सवारी चलाउने सवारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

मंगरबार दिनभरमा ४९ बटा मोटरसाईकल दुईवटा ट्याक्टर तथा एउटा एमबुलेनस अनुमनि बिना सञ्चालन भएको हुदाँ नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । मोटरसाईकल र ट्याक्टरले अनुमति नलिएको र एम्बुलेन्सले यात्रु बोकेको हुदाँ नियन्त्रणमा लिईएको प्रहरीले जनाएको । 

यसैबिच जिल्ला प्रशासन कार्यालय पाल्पाले मंगलबार दिउसो ३ बजेदेखि चैत १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

कोरोना भाइरस कोभिड–१९ को संक्रमण फैलिन नदिन स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिए ।  

जिल्ला सुरक्षा समितिको मंगलबार दिउसो बसेको बैठकले संक्रमण रोग ऐन २०२० दफा २ ले प्रदान गरेको अधिकार अनुसार प्रशासनले ६ बुदे निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर