अर्घाखाँचीका दुई युवकलाई कोरोनाको लक्षण देखिएपछि प्रादेशिक अस्पताल बुटवल पठाइयो
अर्घाखाँची । अघर्खााची जिल्लामा दुई युवकलाई कोरोनाको लक्षण देखिएपछि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ । मालारानी गाउँपालिका खनका १९ बर्षका १ युवक र सितगंगा नगरपालिकाको सितापुर निवासी २४ वर्षीय युवकलाई मंगलबार चैत्र ११ गते रिफर गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कोपिल गौतमले बताए
। उनीहरु दुबै जना करिब पाँच दिन अगाडी भारतबाट नेपाल फर्केका थिए । उनीहरुसंग सम्फर्कमा रहेकाहरुलाई पनि चेकजाच गर्ने र सेल्फ क्यारेन्टाईनमा बस्न भनिएको गौतमले बताए ।
दुबै जनाको नमुना परिक्षण गर्नु पर्ने भएको र कोरोनाका लक्ष्णहरु मिल्दो देखिएकोले उनीहरुलाई आशंखा गरि प्रादेशिक अस्पताल पठाईएको प्रमुख गौतमले बताए ।
प्रतिकृया दिनुहोस