• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

सर्वोच्च अदालतले चार प्रकारको निवेदनमा मात्रै सुनुवाइ गर्ने

काठमाडौँ । सर्वोच्च अदालतले वर्तमान परिस्थितीको मुल्यांकन गरेर चार प्रकारको निवेदन मात्रै सुनुवाइ गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतका न्यायाशीहरु सम्मिलित आकस्मिक पूर्ण बैठकले सो निर्णय गरेको हो । 

बैठकको निर्णयअनुसार, सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको निवेदन, बालबालिका जिम्मा लिने कामकारबाही, जरुरी पक्राउ पूर्जीको अनुमति र समर्थन अनि महामारीसँग जोडिएका गम्भीर प्रकृतिका निवेदनहरुको कारबाही र सुनुवाइ मात्रै गर्ने निर्णय गरेको हो । 

उच्च अदालत र जिल्ला अदालतहरुले पनि त्यही काम गर्नेछन् । तर जिल्लामा रिट निवेदनमाथिको सुनुवाइ हुनेछैन  यसअघि गत शुक्रबारको पूर्ण बैठकले नियमित प्रक्रियाका मुद्दा बाहेक सबै सुनुवाइ गर्ने निर्णय गरेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर