• सोमबार १२-१७-२०७६/Monday 03-30-2020/ 03:49 am

स्वाट्टै घट्यो विद्युतको माग, ग्यासको अभावमा विद्युतीय चुलो प्रयोग गर्न सरकारको सुझाव

काठमाडौं ।  काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल सरकराले एक साता भन्दा लामो लकडाउन घोषणा गरेपछि विद्युतको माग (लोड) पनि ह्वातै घटेको छ । बढी विद्युत् खपत गर्ने कलकारखाना, होटल, व्यापारिक भवन, कार्यालयहरु बन्द भएपछि विद्युत्को माग ह्वातै घटेको हो । विद्युत् लोडमा मुख्य रुपमा कलकारखाना, होटललगायतको योगदान रहेको छ । घरायसी प्रयोजनका लागि मात्रै विद्युत्को प्रयोग भइरहेकाले अहिले विद्युत्को लोड घटेको हो ।  

लकडाउन सुरु हुनुभन्दा पहिले मुलुकभरको विद्युत्को अधिकतम माग (पिक डिमाण्ड)  १ हजार २ सय मेगावाटको हाराहारीमा रहेकोमा मंगलबार घटेर ९ सय ४५ मेगावाटमा सीमित भएको छ । पिक डिमाण्ड साँझ ७ बजे रेकर्ड गरिएको हो । 
मंगलबार राति विद्युत्को माग ४ सय ८३ मेगावाटसम्म झरेको छ । बुधबार बिहान विद्युत्को माग अझै घटेर ४ सय ४६ मेगावाटसम्म पुगेको छ । मध्यान्ह १२ बजेको डिमाण्ड ६ सय २८ मेगावाट छ । 

विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकाको विद्युत्को माग पनि ह्वातै घटेको छ । लकडाउनभन्दा पहिले विद्युत्को अधिकतम माग  साढे तीन सय मेगावाटको हाराहारीमा रहेकोमा मंगलबार मुलुकभरको माग ९ सय ४५ मेगावाट हुँदा काठमाडौं उपत्यकाको २ सय ९० मेगावाटमा सीमित भएको छ । काठमाडौं उपत्यकामा मंगलबार विहान विद्युत्को माग १ सय ३ मेगावाट र राति १ सय १७ मेगावाट रेकर्ड गरिएको छ । बुधबार बिहान काठमाडौं उपत्यकाको विद्युत्को माग  १ सय ४ मेगावाट मध्यान्ह १२ बजे १ सय ८२ मेगावाट पुगेको छ । 

विद्युतको उपयोग बढाउन र ग्यासको उपयोग घटाउन सरकारले उपभोक्तालाई विद्युतीय चुलो प्रयोग गर्न पटक पटक आव्हान गरेको छ । मंगलबार बसेको कोरोना संक्रमण तथा रोकथाम समन्वय समितिको बैठकमा पनि यस विषयमा छलफल भएको समितिका संयोजक तथा उद्योग बाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले बताएका छन् । 
ऊर्जा मन्त्री वर्षमान पुनले यस अघि नै ग्यासमा सरकराले दिदै आएको राहत विद्युतमा सार्ने सरकारको तयारी रहेको बताएका थिए । त्यसो गर्दा ग्यास महंगो पर्न जाने र विद्युत उपभोग सस्तो हुने अवस्था सृजना हुन्छ । 

अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय र सेवा बन्द भएकाले अहिले घरायसी प्रयोजनका लागि मात्रै विद्युत् प्रयोग भइरहेकाले माग ‘ड्रास्टिकल्ली’ घटेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।

‘उद्योग तथा कलकारखाना, व्यापारिक क्षेत्र बन्द भएको, विकास निर्माण ठप्प भएको र जाडो सकिएको तर गर्मी पनि सुरु भइनसकेको अहिलेको अवस्थाले गर्दा विद्युत्को लोड ह्वातै घटेको हो,’ कार्यकारी निर्देशक घिसिङले भने । ‘लकडाउनको कारण घरायसी प्रयोजनका लागि ग्याँसको अभावमा भएमा इन्डक्सन चुलो लगायतका विद्युतीय उपकरण ढुक्कसँग चलाउनु होला, हामीसँग पर्याप्त विद्युत् उपलब्ध छ ।’ 
घिसिङले पानी, हावाहुरी, प्राविधिक लगायतका कारण कुनै स्थानमा केहीबेर विद्युत् अवरोध हुन सक्ने भए पनि त्यसको मर्मतसम्भार गरी तत्काल सेवा सुचारु गराउन लकडाउनको बेला पनि कर्मचारीहरु चौबीसै घण्टा तयारी अवस्थामा रहेको बताए । 

विद्युत्को माग घटेसँगै भारतबाट आयात हुने विद्युत्को परिणाम पनि घटेको छ भने कुलेखानी पनि चलाइएको छैन । घिसिङकाअनुसार, अहिले ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट मात्रै पिक समयमा करिब १ सय ५० मेगावाटसम्म विद्युत् ल्याइएको छ भने बिहीबार बेलुकाबाट ५० मेगावाट मात्रै ल्याइने छ । राति विद्युत्को लोड घटेकाले प्राधिकरणका विद्युत्गृह बन्द गर्नु पर्ने अवस्था रहेको छ ।  

प्राधिकरणले आफ्ना स्वामित्वका, निजी क्षेत्रका विद्युत्गृहबाट उत्पादित विद्युत्बाट आपूर्ति गरिरहेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सरकारको राहत प्याकेज : कर्मचारीको तलब एडभान्समा दिनुपर्ने

  • १६ चैत, २०७६

काठमाडौं । सरकारले श्रमिकलाई २०७६ चैतको तलब एडभान्समा दिनुपर्ने, व्यवसाय संचालन नभएसम्म उक्त तलब प्रतिष्ठान कल्याणकोषको रकम प्रयोग गर्न पाइने

सरकारको राहत प्याकेज : निजी विद्यालयहरुले एक महिनाको शुल्क लिन नपाउने

  • १६ चैत, २०७६

काठमाडौं । निजी विद्यालयहरुले एक महिनाको शुल्क लिन नपाउने भएको छ । आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । बैठकले विश्वमा

मन्त्रिपरिषदको निर्णय : विद्युत महशुलमा २५ प्रतिशत छुट, खाद्यान्नमा १० प्रतिशत

  • १६ चैत, २०७६

काठमाडौं । सरकारले विद्युत महशुलमा छुट दिने भएको छ । आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । विश्वमा महामारीको रुपमा फैलिएको