• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

अमेरिकामा एकै दिन ११ हजार बढीमा कोरोना भाइरस संक्रमण

एजेन्सी । कोरोना भाइरसबाट एकै दिन अमेरिकामा ११ हजार १ सय ९१ जनामा संक्रमण देखिएको छ । 

पछिल्लो २४ घण्टाको तथ्यांक सहित अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या ६६ हजार ४८ पुगेको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा अमेरिकामा अन्य देशको तुलनामा संक्रमित हुने संख्या बढिरहेको छ ।

संक्रमितको संख्या बढेपछि विश्व स्वास्थ्य संगठनले अमेरिकालाइ सचेत हुन आग्रह गरिसकेको छ । कोरोनाबाट हालसम्म ९ सय ४४ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमण यो गतिमा बढे इटालीमा भन्दा पनि भयावह अबस्था आउन सक्ने विश्व स्वास्थ्य संगठनले जनाइसकेको छ । हालसम्म विश्वमा कोरोना भाइरसबाट ४ लाख ६८ हजार ९ सय ५ जना संक्रमित भइसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर