• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

न्यूजिल्याण्डको मस्जिद आक्रमण: आरोपी ब्रेन्टनले गरे ५१ मानिसको हत्या स्वीकार

एजेन्सी । न्यूजिल्याण्डको क्राइस्टचर्च सहरमा एक वर्षअघि दुईवटा मस्जिदमा भएको आक्रमणको घटनामा २९ वर्षीय अस्ट्रेलियाली नागरिक ब्रेन्टन टेरेन्टले ५१ मानिसको हत्या गरेको स्वीकार गरेका छन्। 

बे्रन्टनले अन्य ४० जनाको हत्या प्रयास र आतंकवादको अर्को अभियोग  पनि स्वीकार गरेका छन्। यसअघि उनले सबै आरोप अस्वीकार गर्दै आएका थिए। 

सो आक्रमणपछि न्यूजिल्याण्डले बन्दुक साथमा राख्ने कानुन कडा बनाएको थियो। न्यूजिल्याण्डमा कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लकडाउन गरिएको छ। 

यहीकारण बिहीबार क्राइस्टचर्च उच्च न्यायालयमा भएको सुनुवाई सीमित मानिसबीच गरिएको थियो। ब्रेन्टन र उनका वकिललाई पनि भिडियोमार्फत् सुनुवाईमा सामेल गरिएको थियो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर