• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच वार्ता, कोरोनाविरुद्ध सँगै लड्ने प्रतिवद्धता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनफिङबीच वार्ता भएको छ । अमेरिी राष्ट्रपति ट्रम्पले दुई देशका राष्ट्रपतिले विश्वमा महामारीको रुपमा फैलँदै गएको कोभिड १९ (कोरोना भाइरस) को रोकथाम तथा नियन्त्रणका लागि वार्ता गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘भर्खर चीनको राष्ट्रपति सीसँग कुराकानी भयो, कोरोना भाइरसको बारेमा विस्तृत छलफल गरियो, चीनले यो भाइरसविरुद्ध लड्न धेरै राम्रो प्रयास गरिरहेको छ । हामी सँगसँगै काम गरिरहेका छौं ।’ 

चीनको वुहानबाट गत डिसेम्बरको अन्त्यमा फैलिएको कोरोना भाइसको संक्रमण विश्वभर फैलिएको छ । केही समय अघि चिनियाँ भाइरस भन्दै राष्ट्रपति ट्रम्पले भनेपछि चीन अमेरिकासँग रुष्ट बनेको  थियो ।

दुवै देशले मिलेर काम गर्ने अमेरिकाले प्रतिवद्धता जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर