• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

बेलायतका प्रधानमन्त्रीलाई पनि कोरोना संक्रमण

काठमाडौं । बेलायतका प्रधानमन्त्री  बोरिस जोनसनलाई कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण भएकोछ । संक्रमणको पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् ।

कोरोना भाइरसबाट संक्रमित हुने उनी संसारकै पहिलो सरकार प्रमुख हुन् ।

प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।  ‘म केही दिन डाउनिङ स्ट्रिटमा सेल्फ क्वारेन्टिनमा बस्नेछु र भिडिओ कन्फरेन्सबाट यो भाइरसविरूद्धको लडाइँमा सहभागी हुनेछ,’ जोन्सनले भनेका छन् । 

 

 

 

बेलायतमा अहिलेसम्म ११ हजार ६ सय ५८ जनामा कोरोना भाइरस देखिएको छ भने ५ सय ७८ जनाले ज्यान गुमाएका छन् ।   

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर