• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

छुट्लान् त चार्ल्स शोभराज !

काठमाडाैँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहेका कैदी बन्दीलाई रिहा गर्ने सरकारी निर्णय अनुसार ‘सिरियल किलर’ चार्ल्स शोभराजको नाम पनि परेको छ । तर शोभराज छुट्छन् या कारागारमै रहन्छन् भन्ने निर्णय प्रक्रिया भने सुरु भइसकेको छैन । 

महान्यायाधिवक्ता कार्यालयको निर्णय अनुसार केन्द्रीय कारागारले लकडाउन सुरु हुन पूर्व नै जोखिममा रहेकाहरुको सूची तयार पारेको थियो।  त्यसमा ६५ वर्षमाथिका १३ कैदीको नाम समावेश छ। यसमा शोभराज पनि परेका हुन् । महान्यायाधिवक्ताको निर्णयको आधारमा हेर्दा उनी गम्भिर प्रकृतिका घटनाका दोषी हुन् । यदि उनको अबको जेल बस्ने समयको अबधि र उमेर हेर्दा भने छुट्न सक्ने छन् । 

सरकारले एक वर्ष भन्दा कम जेल सजाय भएका तथा संक्रमणको जोखिममा रहेका ६५ वर्षमाथिका कैदीलाई रिहा गर्नका लागि सूची तयार पार्न भनेको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर